back
CTIZAN AD

दुबोको मालाले बदलियो मीराको जीवन

वि.सं.२०७५ फागुन ६ सोमवार

1.4K 

shares

६ फागुन, चिप्लेढुङ्गा । कहीँ कतै हरियो दुबो देख्यो कि मीराका आँखा टक्क रोकिन्छन् । अरुले बगँैचाका रङ्गीचङ्गी फूलतिर आँखा दौडाइरहेका बेला मीराका आँखा भने हरियो दुबोतिर झुकिरहेका हुन्छन् । हरियो दुबोले साँच्चै मीराको जीवनमा बहार ल्याएको छ । यसरी दुबोसँगको सम्बन्ध बढ्नुको पछाडि पनि पक्कै कारण छ ।

पोखराको बैदाममा बस्दै आएकी ४५ वर्षीय मीराले २०६५ सालमा पोखरा उद्योग वाणिज्य सङ्घले दिएको पाँचदिने दुबोको माला बनाउने तालीम लिएपछि दुबोसँगको उनको सम्बन्ध प्रगाढ बनेको हो । आर्थिक पक्षसँग मात्रै होइन उहाँलाई अझ बढी खुशी र आनन्द त्यतिबेला मिल्यो जब उनको कमजोर आँखा दुबो केलाउँदा र माला बनाउँदै जाँदा तेज हुँदै गए । त्यसपछि दुबो मीराको जीवनमा वरदान नै बन्न पुग्यो ।

“मेरा आँखा निकै कमजोर थिए, हरियो दुबो केलाउँदा आँखाको समस्या हट्दै गयो, झण्डै दुई वर्षदेखि उपचार गर्दा पनि सुधार नभएको आँखा दुबोकै कारणले राम्रोसँग देख्ने भएकी छु”, प्रसन्न मुद्रामा मीराले भनीन्, “दुबोले मेरो जीवनमा खुशीको बहार ल्याएको छ ।”

तालीमले जीवनमा धेरै परिवर्तन ल्याएको उनी बताउछीन् । “धेरै दिदीबहिनीले तालीम लिएर प्रमाणपत्र राख्ने ठाउँ छैन भनेर भनिरहँदा मेरो जीवनमा त्यो एउटा तालीम नै महत्वपूर्ण बन्यो ।”

साँच्चै तालीम लिनका लागि लिने र तालीमको समापनसँगै हराउनेको भीडमा मीरा एक त्यस्तो उदाहरणीय पात्र हुनुहुन्छ जसले तालीमको भरपुर सदुपयोग गरेर परिवर्तन ल्याएकीछन् ।

घरको सम्पूर्ण कामको व्यवस्थापन गरेर दुबोको माला बनाएर दिनको रु ५०० देखि दुई हजार ५०० सम्मको आम्दानी गर्छीन् । विवाह, व्रतबन्ध एवं विभिन्न अवसरमा प्रयोग हुने दुबोको मालाको माग झनझन बढ्दो छ । यसले मीरालाई आर्थिकरुपमा सशक्त बनाएको छ । परनिर्भरताबाट मुक्ति मिलेको छ । मीराका श्रीमान् विगत सात वर्षदेखि रोजगारको सिलसिलामा दुबईमा छन् । उनका तीन सन्तान छन् । श्रीमानको आम्दानीले छोराछोरीको पढाइ खर्र्चदेखि घर खर्च चलाउनुपर्ने बाध्यतामा अहिले मीराको आम्दानीले पनि सहयोग पुगेको छ । मीराको जेठो छोरा इञ्जिनियरिङ पढ्दैछन् । जेठी छोरी स्नातक अध्ययरत छिन् भने कान्छी छोरीले विज्ञान सङ्कायमा ११ पढ्दैछिन् ।

मीराको कामलाई छोराछोरीले पनि सहयोग गर्दै आएका छन् । पोखरा आसपासका ठाउँमा गएर मीरा दुबो सङ्कलन गर्नुहुन्छ । घरमा ल्याएर केलाएर फ्रिज वा पानीमा राख्छीन्, जुन १५ दिनसम्म ताजै रहन्छ । त्यसो त मीराको सीप देखेर गाउँघरतिरबाट आउने साथीभाइ इष्टमित्रले हरियो दुबो बोकेर भेट्न आउने गर्छन् । साथीभाइको सहयोगले पनि मीरालाई निकै ऊर्जा थपेको छ । आजकल पोखरा शहरभित्र दुबो त्यति पाइँदैन । अलि टाढा जानुपर्ने बाध्यता पनि छ । मीरा भन्छीन्, “दुबो पाएसम्म माला बनाइरहनेछु ।”

तालीम लिन र तालीमपछि सीपको सदुपयोग गर्नुुस भनेर बारम्बार झकझकाइरहने महिला उद्यमी हीरा भट्टराईलाई प्रेरणाको स्रोत मान्छीन उनी । “हीरा दिदीले मलाई यो अवसर र हौसला नदिएको भए म पनि तालीम लिएर प्रमाणपत्र थन्क्याएर मात्रै बस्थेँ होला, मलाई बारम्बार माला बुन्न र सीपलाई सदुपयोग गर्न आग्रह गरे, आजको यो सफलताको श्रेय म महिला उद्यमी हीरा भट्टराईलाई दिन चाहन्छु”, मीराले भनीन् ।

उनले आर्थिक परनिर्भरताले महिलालाई कमजोर बनाउने भन्दै कतिपय सीपमूलक कार्यले मन शान्ति हुने बताउछीन् । महिलाको श्रमको आर्थिक गणना नभइरहेका बेला फुर्सदको समय सदुपयोग गरेर हुने आम्दानीले सन्तुष्ट प्राप्त हुने उनको भनाइ छ ।

वि.सं.२०७५ फागुन ६ सोमवार १३:०१ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा...

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर (झापा) । गत वर्षको जेन्जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको...