back

बङ्लादेशका २० हजार वेबसाइट बन्द

वि.सं.२०७५ फागुन ७ मंगलवार

429 

shares
GLOBAL IME AD
NTC AD

७ फागुन, ढाका । बङ्लादेशमा अश्लील सामग्रीहरू राखेको आरोपमा झण्डै २० हजार वेबसाइट बन्द गरिएको छ ।

अश्लीलता विरुद्धको लडाइँ अभियानका क्रममा उनीहरूलाई बन्द गरिएको सरकारी उच्च अधिकारीहरूले मङ्गलबार बताएका छन् । मुस्लिम समुदायको बाहुल्यता रहेको देश भएकाले कामोत्तेजक अनलाइन सामग्रीहरू पाच्य नहुने भन्दै सरकारी पक्षले नियन्त्रण गर्न लागेको हो ।

“मैले बङ्लादेशलाई सुरक्षित र रचनात्मक इन्टरनेट प्रयोगकर्ता रहेको देश बनाउन चाहन्छु, बालबालिकाका लागि पनि यो अत्यन्त घातक छ,” बङ्लादेशका दूरसञ्चारमन्त्री मुस्तफा जब्बरले भने ।

अश्लीलताका विरुद्धमा आफूले ठूलो लडाइँ नै लड्नु परेको बताउँदै उनले यसलाई निरन्तरता दिने जानकारी पनि दिए । बङ्लादेशका सरकारी उच्च अधिकारीहरूले सामाजिक सञ्जाल, टिकटक, विगोलगायतका एपहरूको दुरूपयोग भएको ठानेका छन् ।

दक्षिण एशियाली यो देशमा दुरूपयोग भएका यस्ता सामाजिक सञ्जाल र एपहरूलाई प्रतिबन्ध गराउनुपर्नेमा पनि मन्त्री जब्बरले जोड दिए ।अहिले प्रतिबन्ध लगाइएका वा बन्द गराइएका वेबसाइटमध्ये अधिकांश विदेशी रहेको उनले जानकारी दिए ।

बङ्लादेशको उच्च अदालतले गत नोभेम्बरमा अश्लील वेबसाइट तथा प्रकाशनहरू बन्द गर्न निर्देशन दिएकाले सरकारी अधिकारीहरूले यस्तो अभियान थालेका हुन् ।

बङ्लादेशमा अश्लील वेबसाइटहरू नै सर्वाधिक हेरिएको सूचीमा रहँदै आएका छन् । देशमा अहिले झण्डै आधा जनता इन्टरनेटको पहुँचमा रहेको तथ्याङ्क छ ।

वि.सं.२०७५ फागुन ७ मंगलवार २०:५३ मा प्रकाशित

चीनको डिजिटल क्षेत्रमा तीव्र वृद्धि : १३ प्रतिशत नयाँ निजी व्यवसाय डिजिटल क्षेत्रमा

चीनको डिजिटल क्षेत्रमा तीव्र वृद्धि : १३ प्रतिशत नयाँ निजी व्यवसाय डिजिटल क्षेत्रमा

बेइजिङ । चीनमा निजी क्षेत्रको विस्तार उल्लेखनीय रूपमा बढेको छ...

पोप फ्रान्सिसको निधन : भ्याटिकन

पोप फ्रान्सिसको निधन : भ्याटिकन

भ्याटिकन सिटी । पोप फ्रान्सिसको सोमबार ८८ वर्षको उमेरमा निधन...

इस्टर युद्धविरामपछि रुसले पुनः हवाई आक्रमण सुरु गर्यो : युक्रेन

इस्टर युद्धविरामपछि रुसले पुनः हवाई आक्रमण सुरु गर्यो : युक्रेन

किएभ । मस्को र किएभले एकअर्कामाथि इस्टर युद्धविराम उल्लङ्घन गरेको...

बढ्यो चीनको विद्युत् उत्पादन क्षमता

बढ्यो चीनको विद्युत् उत्पादन क्षमता

बेइजिङ । चीनको कुल विद्युत् उत्पादन क्षमता चालु वर्षको सन्...

अमेरिकी सहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको अर्को चरण

अमेरिकी सहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको अर्को चरण

न्युयोर्क । हजारौँ प्रदर्शनकारीले शनिबार न्यूयोर्क, वासिङ्टन र संयुक्त राज्य...

सयौँ युक्रेनी सैनिकको शव प्राप्त गरेको किएभको भनाइ

सयौँ युक्रेनी सैनिकको शव प्राप्त गरेको किएभको भनाइ

किएभ ।  किएभले शुक्रबार रुससँगको युद्धमा मारिएका सयौँ युक्रेनी सैनिकको...