back
CTIZAN AD

भेटघाट तथा परिचयत्मक कार्यक्रम सम्पन्न

वि.सं.२०७५ फागुन ७ मंगलवार

1.3K 

shares


गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले यूकेबाट नेपाल यात्राको क्रममा दोहा पुगेका आईसीसी सहकोषाध्यक्ष सोम सापकोटासंग भेटघाट तथा परिचयात्मक कार्यक्रम १८ फ्रेबुअरी २०१९ का दिन सम्पन्न गरेको छ ।

दोहाको नज्मास्थित यूनिक नेपाली रेष्टुरेण्टमा भएको भेटघाट तथा परिचयात्मक कार्यक्रममा एनसीसी कतारका काबा अध्यक्ष तेज कटुवाल साथै आईसीसी मानार्थ परिषद सदस्य टि.बि कार्की र आईसीसी सदस्य बिमल सुबेदीले खदाद्वारा उनलाई स्वागत गरेका थिए ।

भेटघाट कार्यक्रममा संघका दितिय उपाध्यक्ष सुदर्शन भट्टले स्वागत मन्तव्य राखेका भने महासचिव बुधवल गुरुङले एनसीसीको गतिविधिलाई संक्षिप्त रूपमा जानकारी राखे ।

सो अवसरमा मन्तव्य राख्दै सहकोषाध्यक्ष सापकोटाले आईसीसीका पछिल्ला गतिविधि, भावी कार्यहरू बारे जानकारी गराउनुका साथै भेटघाट गर्ने अवसरका लागि एनसीसी कतार टीमलाई धन्यवाद व्यक्त गर्दै भिजिट नेपाल २०२० अंकित टिशर्ट प्रदान गरेका थिए ।

यसैगरी आईसीसी सदस्य विमल सुबेदीले आईसीसी र एनसीसी विचको गतिविधि बारे संक्षिप्त जानकारी गराएका थिए । आईसीसी मानार्थ परिषद सदस्य टिबि कार्की र पूर्व आईसीसी सदस्य हंसराज ढकालले पनि आईसीसी र एनसीसी कतारका गतिविधि साथै समसामयिक विषयमा आफ्नो धारणा राखेका थिए ।
अन्त्यमा संघका काबा अध्यक्ष तेज कटुवालले आफ्नो छोटो समयलाई सदुपयोग गरी एनसीसी कतारलाई समय दिएकोमा धन्यवाद गरेका थिए ।

वि.सं.२०७५ फागुन ७ मंगलवार २१:०४ मा प्रकाशित

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...