back

भेटघाट तथा परिचयत्मक कार्यक्रम सम्पन्न

वि.सं.२०७५ फागुन ७ मंगलवार

471 

shares
GLOBAL IME AD
NTC AD


गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले यूकेबाट नेपाल यात्राको क्रममा दोहा पुगेका आईसीसी सहकोषाध्यक्ष सोम सापकोटासंग भेटघाट तथा परिचयात्मक कार्यक्रम १८ फ्रेबुअरी २०१९ का दिन सम्पन्न गरेको छ ।

दोहाको नज्मास्थित यूनिक नेपाली रेष्टुरेण्टमा भएको भेटघाट तथा परिचयात्मक कार्यक्रममा एनसीसी कतारका काबा अध्यक्ष तेज कटुवाल साथै आईसीसी मानार्थ परिषद सदस्य टि.बि कार्की र आईसीसी सदस्य बिमल सुबेदीले खदाद्वारा उनलाई स्वागत गरेका थिए ।

भेटघाट कार्यक्रममा संघका दितिय उपाध्यक्ष सुदर्शन भट्टले स्वागत मन्तव्य राखेका भने महासचिव बुधवल गुरुङले एनसीसीको गतिविधिलाई संक्षिप्त रूपमा जानकारी राखे ।

सो अवसरमा मन्तव्य राख्दै सहकोषाध्यक्ष सापकोटाले आईसीसीका पछिल्ला गतिविधि, भावी कार्यहरू बारे जानकारी गराउनुका साथै भेटघाट गर्ने अवसरका लागि एनसीसी कतार टीमलाई धन्यवाद व्यक्त गर्दै भिजिट नेपाल २०२० अंकित टिशर्ट प्रदान गरेका थिए ।

यसैगरी आईसीसी सदस्य विमल सुबेदीले आईसीसी र एनसीसी विचको गतिविधि बारे संक्षिप्त जानकारी गराएका थिए । आईसीसी मानार्थ परिषद सदस्य टिबि कार्की र पूर्व आईसीसी सदस्य हंसराज ढकालले पनि आईसीसी र एनसीसी कतारका गतिविधि साथै समसामयिक विषयमा आफ्नो धारणा राखेका थिए ।
अन्त्यमा संघका काबा अध्यक्ष तेज कटुवालले आफ्नो छोटो समयलाई सदुपयोग गरी एनसीसी कतारलाई समय दिएकोमा धन्यवाद गरेका थिए ।

वि.सं.२०७५ फागुन ७ मंगलवार २१:०४ मा प्रकाशित

नयाँ वर्षमा एनआरएनए नाइजेरियाद्वारा कल्याणकारी कोष’ स्थापना

नयाँ वर्षमा एनआरएनए नाइजेरियाद्वारा कल्याणकारी कोष’ स्थापना

लेगोस, नाइजेरिया । गैरआवासीय नेपाली संघ नाइजेरियाले नयाँ बर्ष २०८२...

स्पन्दन विनोदका दुई शोक काव्य आयरल्याण्डमा विमोचन

स्पन्दन विनोदका दुई शोक काव्य आयरल्याण्डमा विमोचन

आयल्याण्ड । प्रवासमा रहेर पनि नेपाली साहित्यमा निरन्तर लाग्दै आएका...

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नाइजेरिया शाखा गठन

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नाइजेरिया शाखा गठन

लेगोस, नाइजेरिया । अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नाइजेरिया शाखाको गठन...

स्वास्थ्यमन्त्री पौडेलद्वारा जिपीके फाउन्डेशन अमेरीका कार्यालयको भ्रमण

स्वास्थ्यमन्त्री पौडेलद्वारा जिपीके फाउन्डेशन अमेरीका कार्यालयको भ्रमण

नेपाल सरकारका स्वास्थ्य एवं जनसंख्या मन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली...

डेलिगेट्समा केन्द्रीत हुन उच्चस्तरीय समितिको अपिल

डेलिगेट्समा केन्द्रीत हुन उच्चस्तरीय समितिको अपिल

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले डेलिगेट्समा...

‘एनआरएनए’को महाधिवेशन तोकिएकै मितिमा हुन्छ : डा. घले

‘एनआरएनए’को महाधिवेशन तोकिएकै मितिमा हुन्छ : डा. घले

लिस्बन (पोर्चुगल) । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिका संयोजक...