back
CTIZAN AD

हत्या गरेर फरार रहेका आरोपि दश वर्षपछि पक्राउ

वि.सं.२०७५ फागुन ११ शनिवार

648 

shares

११ फागुन, विराटनगर । हत्या गरेको आरोपमा मोरङ प्रहरीले एक जनालाई दश वर्षपछि पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा शुक्रबार  आयोजित पत्रकार सम्मेलनमा केमेष्ट्रीमा स्नातकोत्तर गरी पोखराको अन्नपूर्ण कलेजमा अध्यापन गराउने अर्जुनधारा नगरपालिका–२ का ४३ वर्षीय शरण भट्टराईलाई प्रहरीले झापाको काँकरभिट्टाबाट पक्राउ जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय बेलबारीको संयुक्त अभियानमा आरोपी भट्टराईको मोबाइल कल रेकर्डको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए ।

आरोपी भट्टराईले विसं २०६५ चैत ३१ बेलुकी ११ बजे ट्याक्सी चालक बिर्तामोड नगरपालिका–४ का २७ वर्षीय दीपक पाण्डेको हत्या गरी बेलबारी नगरपालिका–१० पूर्व–पश्चिम महेन्द्र रजमार्गको भाउन्ने चोक दक्षिणपट्टीको चौरमा फालेको अवस्थामा शव फेला पारेको प्रहरीले जनाएको छ ।

पुरानो चिनजानको अवस्थामा को १ च ३८५० को मारुती कार झापाबाट इटहरीसम्म जाने भाडा लिई बीच बाटोमा चिसो पेय पदार्थमा नशालु पदार्थ खुवाई बेहोस अवस्थामा चालक पाण्डेको हत्या गरी कार लिई फरार भएको प्रहरीले जनाएको छ । आरोपी भट्टराई बिरामी र रकमको प्रलोभनमा निजले पाण्डेको हत्या गरी भोलिपल्ट पोखराको हीरा मोटरपार्स् एण्ड ग्यारेज सञ्चालक हीरा गिरीलाई रु ६५ हजारमा धरौटी राखी श्रीमती छोरासहित भारततर्फ फरार रहका थिए ।

भारतको आसामलगायत विभिन्न स्थानमा बसोवास गरिरहेका आरोपी भट्टराईलाई हत्याको प्रमाण जोडिएको आधारमा पक्राउ गरिएको प्रहरी उपरीक्षक केसीले बताउनुभयो । निजलाई जिल्ला अदालत मोरङबाट कर्तव्य ज्यानको मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाइएको छ ।

वि.सं.२०७५ फागुन ११ शनिवार ०७:५४ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा...

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर (झापा) । गत वर्षको जेन्जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको...