back
CTIZAN AD

घुस लिएको आरोपमा जेलर पक्राउ

वि.सं.२०७५ फागुन ११ शनिवार

678 

shares

११ फागुन, हेटौँडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाको टोलीले नगद घुस लिएको आरोपमा भीमफेदी कारागारका जेलरलाई पक्राउ गरेको छ ।

क्षेत्रीय कारागार भीमफेदीका जेलर मदन अधिकारी रु ७५ हजार घुस रकमसहित पक्राउ परेको अख्तियार हेटौँडाका उपसचिव देवकुमार राईले जानकारी दिए । राईका अनुसार जेलर अधिकारीले कैदीका चौकीदार डेनियल लामासँग रकम माग गरेको र रकम नदिए अन्यत्र जेलमा सरुवा गरिदिने धम्की दिएकाले चौकीदार लामा रकम दिएर सरुवा रोक्न तयार भएका थिए ।

चौकीदारका आफन्तले अख्तियारलाई खबर गरेपछि अख्तियारको क्षेत्रीय कार्यालय हेटौँडाबाट प्रहरी नायब उपरीक्षक केशव भट्टराईसहितको टोली कारागार पुगेको थियो । कारागारसँगैको जेलर निवासबाट घुस लिँदालिँदै अधिकारीलाई पक्राउ गरीएको उपसचिव राईले जानकारी दिए ।

वि.सं.२०७५ फागुन ११ शनिवार ०७:५१ मा प्रकाशित

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...