back
CTIZAN AD

वीर अस्पतालको ‘लिफ्ट’ चुडिँदा दुई कामदारको मृत्यु, एक घाइते

वि.सं.२०७५ फागुन ११ शनिवार

1.2K 

shares

११ फागुन, काठमाडौँ । वीर अस्पतालको निर्माणाधीन भवनमा प्रयोग गरिएको अस्थायी ‘लिफ्ट’ चुडिँदा भवन निर्माणमा खटिएका दुई मजदूरको मृत्यु भएको छ ।

उक्त भवनको चौथो तलामा निर्माण सामग्री लिएर जाँदै गरेका अर्का एक मजदूर घाइते भएका छन् । निर्माण सामग्री ‘अनलोड’ गर्ने क्रममा लिफ्टको तार चुँडिएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सप्तरीको सुरुङ नगरपालिका–४ का २० वर्षीय भूमिकुमार चौधरी र सप्तरीकै मदनपुरका २५ वर्षीय नवीन चौधरी रहेका छन् । त्यस्तै मदनपुरकै २० वर्षीय सचितानन्द चौधरी गम्भीर घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

निर्माण सामग्री रहेको लिफ्टको डब्बासँगै चौथो तलाबाट खसेका नवीनको उपचारका लागि ट्रमा सेन्टर लैजाने तयारी गर्दागर्दै र भूमिकुमारको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकुनन्द लिम्बूले बताएका छन् । ती शव परीक्षण गरी आफन्तको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । उक्त घटना बिहीबार साँझको भए पनि प्रहरीले शुक्रबार मात्र जानकारी दिएको हो ।

वि.सं.२०७५ फागुन ११ शनिवार ०७:४८ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...