back
CTIZAN AD

नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्छ – महामन्त्री शशाङ्क कोइराला

वि.सं.२०७५ फागुन १७ शुक्रवार

699 

shares

“धर्मको विषयमा जनमत सङ्ग्रह गरिनुपर्छ र सबैको चाहनामा हिन्दू राष्ट्र घोषणा गरिनुपर्छ ।”

१७ फागुन, वामी  । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले धर्मको विषय जनमत सङ्ग्रहबाट टुङ्ग्याइनुपर्ने बताएका छन् ।

गुल्मीको मुसिकोट नगरपालिका–७ स्थित महेन्द्र आदर्श माविको हिरक महोत्सव तथा श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञको पाँचौँ दिनको कार्यक्रमको उद्घाटन गर्दै डा कोइरालाले सनातन वैदिक धर्मको भूमि भएकाले नेपाल धार्मिक स्वतन्त्रतासहित हिन्दू राष्ट्र हुनुपर्ने बताए । उनले भने, “धर्मको विषयमा जनमत सङ्ग्रह गरिनुपर्छ र सबैको चाहनामा हिन्दू राष्ट्र घोषणा गरिनुपर्छ ।”

उनले नेपालमा धार्मिक अतिक्रमण भइरहेको आरोप लगाए । केही धर्मको नाम लिँदै उनले हिन्दूहरु धर्म संरक्षणमा जागरुक हुन आवश्यक रहेको बताए । आफूले विपीको पद पछ्याइरहेको भन्दै डा कोइरालाले काम गरेर देखाउने उद्घोषसमेत गरे ।

कार्यक्रममा नेपाली काङ्ग्रेस गुल्मीका सभापति भुवन श्रेष्ठ, काङ्ग्रेस महासमिति सदस्य चन्द्र केसी, मूल समारोह समितिका संयोजक प्रकाश काफ्ले, प्रधानाध्यापक बुद्धिप्रसाद शर्मा, शिक्षक धनपति खरेललगायतले आ–आफ्नो धारणा राखेका थिए ।

विद्यालयमा प्राविधिक शिक्षाअन्तर्गत इञ्जिनीयरिङ कक्षा सञ्चालन गर्ने उद्देश्यले सञ्चालन गरिएको श्रीमद्भागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञमा भाष्कर कमलनयन गौतमले प्रवचन दिइरहेका छन् । हालसम्म झण्डै रु चार करोड सङ्कलन भइसकेको छ । महोत्सव यही फागुन २१ गतेसम्म चल्नेछ ।

वि.सं.२०७५ फागुन १७ शुक्रवार १९:४६ मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...