back
CTIZAN AD

राजधानीमै बोक्सीको आरोपमा तातो पन्युले डामियो

वि.सं.२०७५ फागुन १८ शनिवार

513 

shares

१८ फागुन, काठमाडौं । बोक्सीको आरोपमै राजधानीमै एक महिलामाथि निर्घात् कुटपिट भएको घटना सार्वजनिक भएको छ ।
आफूलाई बोक्सीको अराोमिा यातना दिएको भन्दै दोलखा स्थायी घर भई भीमसेनस्थान बस्ने रश्मी उपरकोटीले प्रहरीमा उजुरी दिएपछि राजधानीमै बोक्सीको आरोपमा महिलामाथि कुटपिट भएको घटना सार्वजनिक भएको हो ।
गत बुधबार भीमरेनस्थानबाठ प्रहरीले यातना दिने एक महिलालाई पक्राउ गरेर मुद्दा समेत चलाइ सकेको छ ।
पक्राउ पर्नेमा मोरङ घर भई भीमसेनस्थान बस्दै आएकी कविता श्रेष्ठ रहेको प्रहरीले बताएको छ । उनले आफूलाई माता बताउँदै झारफुक गर्दै आएकी थिइन् ।
महानगरीय प्रहरी परिसरका प्रमुख वसन्त लामाले बोक्सीको आरोपमा महिलामाथि कुटपिट भएको पीडित महिलाको उजुरीका आधारमा कवितालाई जिल्ला अदालत काठमाडौंमार्फत् मुद्दा चलाएको बताए ।
आइतबार आफ्नो तीनमहिने छोरा बिरामी भएपछि घरबेटीको सहरामा तीनै माताकोमा पुगेकी रश्मीलाई कबिता सहितको टोलीले उल्टै बोक्सी भनेर राति १ बजेसम्म कुटपिट गरेका थिए । त्यसक्रममा रश्मीले आफूलाई पन्युँ तताएर पिटेको समेत बताइन् । रश्मीलाई उपचारका लागि वीर अस्पताल पठाइएको थियो ।’शनिबारको राजधानीदैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

वि.सं.२०७५ फागुन १८ शनिवार ०८:३९ मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...