back
CTIZAN AD

हिउँले सतायो मार्तडी बासीलाई, दर्जनौ चौपाया मरे

वि.सं.२०७५ फागुन १८ शनिवार

792 

shares

१८ फागुन, मार्तडी । बुधबारदेखि आएको लगातारको वर्षा र हिमपातका कारण जिल्लाको हिमाली गाउँपालिका– १, २ र ३ वडा विच्छ्याका स्थानीयवासीले निकै सास्ती भोग्न थालेका छन् ।
उक्त क्षेत्रमा रहेको गुम्बामा तीन देखि पाँच फिट हिउँ परेर जमेका कारण स्थानीयवासी घरबाहिर निस्कन नपाएर जनजीवन कष्टकर बनेको स्थानीय पत्रकार कल्सरी सुनारले जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार सो गाउँपालिकाका उच्च भेगमा पर्ने युना, गुम्बा लगायतका दर्जनौ बढी स्थानमा भएको बाक्लो हिमपातका कारण एक दर्जन बढी पशु चौपाया मरेको छ ।
हुम्ला सिमिकोट गाउँपालिका डाडाँफयाका कपिल सुनारले चरीचरनका लागि गुम्बा ल्याएका ४५ वटा भेडाबाख्राहरु पालमाथिको हिउँले च्यापिएर मरेको पत्रकार सुनारको भनाई रहेको छ ।
सो क्षेत्रमा लगातारको बर्षाले स्थानीयलाई घरबाट बाहिर निस्किन र पशुचौपायालाई चरीचरन र घाँसपानी गर्न समेत निकै कठिन भएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र बहादुर मल्ल्ले बताए ।
यो क्षेत्र जिल्लाको विकट गाउँपालिका हो । त्यो क्षेत्रमा लगातार बर्षासँगै हिउँ पनि परिरहेको स्थानीयबासीको भनाइ छ ।
लगातारको बर्षाले बाटो भत्किंदा गुम्बा र युनाका स्थानीयलाई आवतजावत गर्न पनि निकै समस्या भएको छ । गाउँपालिकाको तीन वटै वडामा हिमपात बाक्लो भएकाले विद्यालय पुर्ण रुपमा बन्द भएका छन् । सो क्षेत्र सदरमुकाम मार्तडीबाट चार दिनको पैदल यात्रामा रहेको छ ।
लगातारको वर्षा र हिमपातले गर्दा ग्रामिण क्षेत्रका स्थानीयहरुले निकै सास्ती भोग्नु परेको छ । माघ पहिलो साताबाट सुरु भएको जिल्लामा हिमपातले ग्रामीण सडकसमेत अवरुद्ध बन्दै गएका छन् ।
मार्तडी–कोल्टी सडक खण्डको पोरखे लेकमा बाक्लो हिउँ जमेका कारण उक्त क्षेत्रमा सवारी साधन चल्न सकेका छैनन् ।
मार्तडीबाट कोल्टीमा संचालन हुदै आएका जीप र माल बाहक ट्याक्टर समेत सदरमुकाममा थन्किएका छन् । पोरखे लेकमा पाँच फिट बढी हिउँ जमेका कारण अझै हिउ पग्लन समय लाग्ने भएकाले मार्तडी आउने र कोल्टी जाने यात्रुसमेत हिडेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।
हिउँ बढी भएका कारण आवतजावत गर्न निकै समस्या भएको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका स्थानीय जीत बहादुर शाहीले बताउनु भयो ।
यहाँ वर्षा नरोकिएका कारण अत्याधिक रुपमा चिसो बढेको छ । चिसोका कारण जिल्ला अस्पताल बाजुृरामा विरामीहरुको घुईचो लाग्ने गरेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
चिसोबाट वृद्धवृद्धा,बालबालिका र दीर्घरोगी बढी प्रभावित भएको जिल्ला स्वाथ्य कार्यालय बाजुराका प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बताए ।

वि.सं.२०७५ फागुन १८ शनिवार १३:०८ मा प्रकाशित

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

नेपालगन्ज । सल्लाको आख्ला भारत निकासी नहुँदा जडीबुटी व्यवसायी समस्यामा...

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

गलकोट (बागलुङ) । बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग...

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...