back
CTIZAN AD

महानगरद्वारा सार्वजनिक शौचालय निर्माणका लागि स्थान पहिचान

वि.सं.२०७५ फागुन २१ मंगलवार

660 

shares

२१ फागुन, काठमाडौ ।  काठमाडौँ महानगरले सार्वजनिक यातायातका साधनले यात्रु चढाउने र ओराल्ने ६९ स्थानमा सार्वजनिक शौचालय निर्माणको लागि स्थान पहिचान गरेको छ । कामपाका सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख धु्रव काफ्लेका अनुसार मानिसको आवतजावत र किनमेल बढी हुने स्थानमा शौचालय निर्माण गर्ने तयारी रहेको छ ।

हालसम्म पहिचान भएका स्थानमा बबरमहलमा नेपाल कला परिषद्को अगाडि, थापाथली बसस्टप, बानेश्वर मन्दिर अगाडि, कोटेश्वर चोकको पूर्वतर्फ, टेकुको नेशनल ट्रेडिङ अगाडि, कलङ्की मेट्रो हल आसपास, बालाजु, बाइसधारा, सीतापाइला बसस्टप, माछापोखरीलगायतका स्थानमा सार्वजनिक शौचालय निर्माण गर्न लागिएको हो ।

यससँगै गौशाला, तीनकुने, त्रपुरेश्वर, सुन्धारा, एनएसी, जुद्ध सालिक आसपास, हनुमानढोका, जमल, लैनचौर, सोह्रखुट्टे, बल्खु र कुलेश्वर पनि पहिलो चरणमा काम गर्नुपर्ने स्थानका रुपमा सिफारिस छन् । गत माघ ६ गते गठन भएको सार्वजनिक शौचालय निर्माणसम्बन्धी कार्यदलले उक्त स्थान पहिचान गरेको हो ।

हाल कामपामा ५८ सार्वजनिक शौचालय सञ्चालनमा रहेका छन् । ती सार्वजनिक शौचालयमध्ये २८ प्रयोग गर्न मिल्ने अवस्थामा छन् । बाँकी ३० मर्मत नगरी प्रयोग नै गर्न नमिल्ने कामपा स्वयंले स्वीकार गरेको छ ।

एकाइ प्रमुख काफ्लेले अहिले सञ्चालनमा रहेका कतिपय शौचालयमा पानी, साबुनको व्यवस्था नभएको, अपाङ्गमैत्री नभएको, प्रकाशको व्यवस्था नभएको, महिलालाई स्यानिटरी प्याड फेर्ने तथा फाल्ने ठाउँ नभएको देखिएको उल्लेख गर्दै यी आधारभूत सुविधा नियमन गर्नसके मात्रै पनि तत्काल सुधार देखिने बताए ।

महानगरले विगत दुई वर्षअघिदेखि नै विभिन्न ४१ स्थानमा स्मार्ट सार्वजनिक शौचालय निर्माण गर्ने लक्ष्य लिएको भए पनि हालसम्म काम अघि बढ्न सकेको थिएन ।

महानगर प्रमुख विद्यासुन्दर शाक्यले शौचालय निर्माणकै लागि गत वैशाखमा सबै वडालाई सार्वजनिक स्थान पहिचान गर्न निर्देशन दिनुभएको थियो । स्थान पहिचान भएसँगै अब लागतसहितको डिजाइन तयार गर्नेछ । लागत सस्तो, सानो स्थान ओगट्ने र छिटो निर्माण हुने शौचालय निर्माण गर्ने महानगरको प्रयास हुने बताइएको छ ।

वि.सं.२०७५ फागुन २१ मंगलवार ११:४५ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...