back
CTIZAN AD

परम्परागत सम्बन्धमा नअल्झन परराष्ट्रविज्ञहरुको सुझाव

वि.सं.२०७५ फागुन २२ बुधवार

492 

shares

२२ फागुन, काठमाडौं । कुटनीतिज्ञहरुले सरकारलाई दुई छिमेकीसँगको परम्परागत सम्बन्ध्मा मात्र अलमलिएर नबस्न सुझाव दिएका छन् । उनीहरुले परम्परागत सम्बन्धमा अल्झिने भन्दा पनि आफ्नो स्वार्थअनुकूलको कुटनीतिक प्राथमिकता तय गरेर अघि बढ्न औल्याएका छन् । देशको परराष्ट्र नीति नयाँ प्रस्थानको संघारमा रहेको स्थितिमा लामो कुटनीतिक अनुभव संगालेका विज्ञहरुले यस्तो सुझाव दिएका हुन् । राजधानीमा आयोजित ‘नेपालको परराष्ट्र नीतिको संभावना र चुनौती’ अन्तरक्रिया कार्यक्रममा राष्ट्रसंघका उपमहाचिव समेत रहिसकेका पूर्वपरराष्ट्र सचिव ज्ञानचन्द्र आचार्यले नेपाली परराष्ट्र नीतिम अहिले स्पष्ट दिशा लिनुपर्ने संघारमा रहेको बताएका छन् ।
त्यस्तै पूर्व परराष्ट्र सचिव केदार भक्त श्रेष्ठले पनि पछिल्लो समय सरकार कुटनीतिमा जोड दिने भने पनि सरकार यसमा गम्भीर नरहेको बताए ।
अनुदानमा आधारीत बैदेशिक सहयोगसँगै साझेदारीतर्फ जानुपर्ने उनको धारणा थियो । नेपालले दुई छिमेक चीन र भारतपछि अमेरिका र अन्य दातृ राष्ट्रहरुसँगको सम्बन्धमा स्पष्टता र सन्तुलन कायम गनुपर्नेमा उनको जोड थियो । बुधबारको अन्नपूर्णपोष्ट दैनिकबाट

वि.सं.२०७५ फागुन २२ बुधवार ०७:५८ मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...