२२ फागुन, काठमाडौं । कुटनीतिज्ञहरुले सरकारलाई दुई छिमेकीसँगको परम्परागत सम्बन्ध्मा मात्र अलमलिएर नबस्न सुझाव दिएका छन् । उनीहरुले परम्परागत सम्बन्धमा अल्झिने भन्दा पनि आफ्नो स्वार्थअनुकूलको कुटनीतिक प्राथमिकता तय गरेर अघि बढ्न औल्याएका छन् । देशको परराष्ट्र नीति नयाँ प्रस्थानको संघारमा रहेको स्थितिमा लामो कुटनीतिक अनुभव संगालेका विज्ञहरुले यस्तो सुझाव दिएका हुन् । राजधानीमा आयोजित ‘नेपालको परराष्ट्र नीतिको संभावना र चुनौती’ अन्तरक्रिया कार्यक्रममा राष्ट्रसंघका उपमहाचिव समेत रहिसकेका पूर्वपरराष्ट्र सचिव ज्ञानचन्द्र आचार्यले नेपाली परराष्ट्र नीतिम अहिले स्पष्ट दिशा लिनुपर्ने संघारमा रहेको बताएका छन् ।
त्यस्तै पूर्व परराष्ट्र सचिव केदार भक्त श्रेष्ठले पनि पछिल्लो समय सरकार कुटनीतिमा जोड दिने भने पनि सरकार यसमा गम्भीर नरहेको बताए ।
अनुदानमा आधारीत बैदेशिक सहयोगसँगै साझेदारीतर्फ जानुपर्ने उनको धारणा थियो । नेपालले दुई छिमेक चीन र भारतपछि अमेरिका र अन्य दातृ राष्ट्रहरुसँगको सम्बन्धमा स्पष्टता र सन्तुलन कायम गनुपर्नेमा उनको जोड थियो । बुधबारको अन्नपूर्णपोष्ट दैनिकबाट
वि.सं.२०७५ फागुन २२ बुधवार ०७:५८ मा प्रकाशित