२२ फाुगन, काठमाडौं । सरकारी अस्पतालले किनेका र अनुदानमा पाएका कतिपय महँगा उपकरण प्रयोग भएका छैनन् । बिग्रिएका उपकरण बनाइएको छैन भने कतिपय नयाँ उपकरण जडान समेत नभएकाले खिया लागेका छन् ।
चिकित्शा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स अन्तर्गत रहेको राष्ट्रिय ट्रमा सेन्टरमा तीनवर्ष अघि भारतबाट ल्याइएको सिटी एन्जिओग्राम (क्याथ ल्याब) सञ्चालनमा आउन सकेको छैन । त्यस्तै अत्याधुनिक इन्ट्रा अप्रेटिभ सिटी स्क्यान पनि विगत एकवर्ष देखि थन्किएर बसेकोछ । भारतले बनाइदिएको ट्रमा सेन्टरमा क्याथ ल्याब पनि उसैले अनुदानमा दिएको हो । तर सेन्टरका निमित्त निर्देशक डा. विनोद शेरचनका अनुसार सिटी स्क्यान राख्ने कोठाको व्यवस्थापन भएको छैन । मेसिन ०७२ मै आएको हो । अहिलेसम्म जडान हुन सकेको छैन । बुधबारको नयाँपत्रिकामा अर्जुन अधिकारीले लेखेका छन् ।
वि.सं.२०७५ फागुन २२ बुधवार ०८:०५ मा प्रकाशित





























