back
CTIZAN AD

डोलाकोट क्षेत्रमा सुक्न थाले पानीका मुहान

वि.सं.२०७५ फागुन २३ बिहीवार

840 

shares

२३ फागुन, अमरगढी ।  डडेल्धुरा जिल्लाको भित्री मधेश क्षेत्रमा पर्ने आलिताल गाउँपालका–८ रहेको डोलाकोट क्षेत्रमा पानीका मुहान सुकेपछि गाउँनै काकाकुल भएको छ ।

आलिताल गाउँपालिकाको डोलाकोटा गाउँमा चुरे फँडानी हुदाँ तथा मानव बस्ती बढ्दै जाँदा पानीका मुहान सुक्न लागेका स्थानीय सरिता थापामगरले जानकारी दिनुभयो । उनले भने, “विगत १० वर्ष यता चुरे क्षेत्रको वन मासिँदै जाँदा खानेपानीका मूलसमेत सुक्न थालेपछि खानेपानीका लागि रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको थापामगरले बताए ।

उनले भने, “पहिला गाउँमै खानेपानी हुन्थ्यो केही वर्षयता गाउँमा खानेपानीका मुहानै सुकेपछि खानेपानीका लागि तीन घण्टा हिँडेर सुनखोला जानुपर्ने बाध्यता रहेको छ ।” यस्तै पहिले–पहिला गाउँमा धान रोप्नसम्म पानी हुन्थ्यो अहिले खानेपानीसमेत नभएको र मुख्य बाली कमै भएकाले बर्खे बाली मात्र उत्पादन हुने हिउँदे बाली जम्मै जमीन बाँझो हुने अवस्थामा रहेको डोलाकोटका ज्येष्ठ नागरिक वीरबहादुर थापामगरले बताए ।

खानेपानी छैन गाईभँैसीलाई पनि कहाँबाट पानी ल्याउने त्यसैले गाईभैँसी समेत पाल्न छाडेको उनले बताए ।
पटक–पटक चुनावी नारा बनाएर आउने राजनीतिक दलहरुको चुनाव जितेपछि कसैले समस्या समाधान नगरेको हाम्रो पीडाजस्ताका त्यस्तै रहेको स्थानीयको गुनासो छ । अहिले डालोकोट गाउँमा २० परिवार मगर बस्ती बस्दै आएका छन् ।

वि.सं.२०७५ फागुन २३ बिहीवार १३:३४ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा...

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर (झापा) । गत वर्षको जेन्जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको...