back
CTIZAN AD

सुरक्षा र कारबाहीको माग गर्दै म्यानवावर कम्पनीहरु बन्द

वि.सं.२०७५ फागुन २६ आइतवार

675 

shares

२६ फागुन, काठमाडौ । म्यानपावर कम्पनीहरुले सुरक्षाको माग गर्दै आज देशभरी आफ्ना व्यवसाय बन्द गरेका छन् ।
बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा शुक्रबार राति नेकपाले विष्फोट गराएपछि असुरक्षित रहेको भन्दै उनीहरुले आइतबार देशभरीका म्यानपावर कम्पनी बन्द गरेका हुन् । व्यवसायीहरुले घटनाका दोषिलाई कारबाही गर्नुपर्ने माग समेत गरेका छन् ।
शुक्रबार राति भएको उक्त विष्फोटमा परी ४ जना घाइते भएको र घरमा आगलागी भएको थियो । घटनाको जिम्मा विप्लव समुहले  लिइसकेको छ ।
‘सरकारसँग सुरक्षाको माग स्वरुप आज बन्द गरिएको हो,’ म्यानपावर व्यवसायी पदम अधिकारीले संसारन्यूज डटकमलाई भने, ‘व्यवसायीहरुको आकस्मिक भेला हुँदैछ भेलामा व्यवसायीहरु अब कसरी जाने भनेर छलफल हुनेछ ।’
यसअघि पनि एकको ज्यानै जानेगरी राजधानीका विभिन्न ठाउँमा विष्फोट गराएको नेकपा विप्लवले उक्त विष्फोटको जिम्मा लिएको थियो । वैदेशिक रोजगार व्यवसाय संघसँग यसअघि विप्लव समुहले चन्दा मागेकोमा व्यवसायीले नदिएको आक्रोशमा यस्तो घटना घटाइएको बताइएको छ ।

वि.सं.२०७५ फागुन २६ आइतवार १२:१७ मा प्रकाशित

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

सिद्धार्थनगर (भैरहवा) । मोहर्रम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका–१ गुजरपुरवास्थित...

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...