back
CTIZAN AD

पहिलोपटक वेद कण्ठस्थ प्रतियोगिता

वि.सं.२०७५ फागुन २६ आइतवार

588 

shares

२६ फागुन, काठमाडौ ।   नेपालका पहिलो वेदाचार्य एवं वेद विषयका पहिलो प्राध्यापक सोमनाथ पौडेलको स्मृतिमा देशमै पहिलोपटक वेद कण्ठस्थ प्रतियोगिता आयोजना गरिएको छ । विसं २००९ मा पुतलीसडकमा नेपाल राजकीय संस्कृत महाविद्यालय स्थापना भएसँगै पौडेलले पहिलोपटक वेद प्राध्यापन गरेका थिए । महाविद्यालय पछि वाल्मीकि विद्यापीठमा नामाकरण भएको थियो ।

कान्तिभैरव गुरुकुल गोकर्णेश्वर–४ उत्तरवाहिनीले आयोजना गरेको प्रतियोगितामा सात गुरुकुलको सहभागिता थियो । प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत गुरुकुलका ३५ विद्यार्थीको सहभागिता थियो । सहभागीले डेढ घण्टासम्म वेद कण्ठ सुनाएका थिए । प्राचीनकालमा वेद गुरुले शिष्यलाई सुनाएरै कण्ठ गराउने परम्परा रहेकाले श्रुति पनि भनिन्छ ।

शिक्षामा आधुनिकताको प्रवेशसँगै वेदको अध्ययन अध्यापनमा कमी आएको थियो । फलस्वरुप वेद कण्ठ हुने मानिस पाउनु दुर्लभप्रायः बन्दै गएकाले प्रतियोगिता आयोजना गरिएको गुरुकुल सञ्चालक समितिका सचिव डा श्रीराम अधिकारीले बताए ।

प्रतियोगितामा आयोजक कान्तिभैरव गुरुकुल नै पहिलो भयो । भागवत सन्यास आश्रम गुरुकुल पशुपति राममन्दिर दोस्रो, शङ्कराचार्य पीठ वेद वेदाङ्ग गुरुकुल साधुटार, झापा तेस्रो र सप्तमाई संस्कृत माध्यमिक विद्यालय गुरुकुल इलामले सान्त्वना पुरस्कार पाएका थिए ।

प्रत्येक गुरुकुलका पाँच जनाको समूहले वेद कण्ठस्थ सुनाएका थिए । पुरस्कार पाउने सबै विद्यार्थीलाई दक्षिणास्वरुप रु एक हजार १०० पुरस्कार, प्रमाणपत्र र दोसल्लाले शिक्षा सचिव खगराज बरालले सम्मान गरे । सहभागीलाई आउने, जाने, खाने एवं बस्ने व्यवस्था आयोजक गुरुकुलले नै गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सचिव बरालले देश विदेशमा संस्कृत भाषा र वेदप्रतिको आकर्षण बढ्दै गएकाले सरकारले पनि संरक्षणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । वेद कण्ठ गर्ने बानीले वटुकमा ऋषिमनको विकास हुने भएकाले अर्को वर्षदेखि आयोजना हुने प्रतियोगितामा मन्त्रालयले पनि सहयोग उपलब्ध गराउने उहाँको प्रतिबद्धता थियो ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले नगरपालिकाले आगामी वैशाखदेखि लागू गर्ने नयाँ पाठ्यक्रममा गुरुकुल र संस्कृत शिक्षालाई प्राथमिकता दिने वाचा गरे ।

कार्यक्रममा पूर्वसचिव एवं पूर्वनिर्वाचन आयुक्त रही सक्नुभएका स्वर्गीय पौडेलका शिष्य रामचन्द्र शर्मा पौडेल ‘रम्घाली’, गुरुकुल सञ्चालक समितिका अध्यक्ष प्रा डा ऋषिराम पोखरेल, सचिव अधिकारी लगायतले अर्को वर्षदेखि अझै बृहत रुपमा वेद कण्ठस्थीकरण प्रतियोगिता आयोजना गरिनुपर्नेमा जोड दिएका थिए ।

सो अवसरमा सचिव बरालले गुरुकुलका पूर्वछात्र सुदीप कोइरालाले लेख्नुभएको ‘कान्तिश्वर’ कविता सङ्ग्रह विमोचन गरे । सङ्ग्रहमा शास्त्रीय छन्दमा लेखिएका कविता सङ्ग्रहित छन् । सङ्ग्रहका बारेमा कवि बलराम दाहालले समीक्षा गरेका थिए ।

सो अवसरमा गुरुकुललाई आर्थिक सहयोग गर्ने निर्मला अर्याल र श्रीचन केसीलाई पनि सम्मान गरिएको थियो । विसं २०६५ मा स्थापना भएको गुरुकुलमा हाल १०० भन्दा बढी विद्यार्थी आवासीय सुविधासहित अध्ययनरत रहेको गुरुकुलले जनाएको छ ।

वि.सं.२०७५ फागुन २६ आइतवार १२:३५ मा प्रकाशित

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

सिद्धार्थनगर (भैरहवा) । मोहर्रम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका–१ गुजरपुरवास्थित...

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...