
२६ फागुन, लमही । प्रदेश नं ५ का प्रदेशसभा सदस्य स्व उत्तरकुमार ओलीको सम्झनामा ओली स्मृति प्रतिष्ठान बनाइने भएको छ ।
दाङ क्षेत्र नं ३ (ख) बाट निर्वाचित सदस्य ओलीको सम्झनामा दाङको बबई गाउँपालिकाले सो प्रतिष्ठान बनाउने भएको हो । छोटो समयमै पश्चिम दाङको विकासका लागि सदस्य ओलीले महत्वपूर्ण योग्दान गरेको भन्दै उनको योगदानस्वरुप स्मृति प्रतिष्ठान गठन गर्ने गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले बताए । “पश्चिम दाङको विकासका लागि छोटो समयमै उत्तरकुमार ओलीको भूमिका महत्वपूर्ण छ,” उनले भने, “उनकोे सम्मानस्वरुप प्रतिष्ठान बनाउने योजना बनाएका हौँ ।”
दङ्गीशरण गाउँपालिका–६ लेटार ओलीको सम्झनामा दाङको दङ्गीशरण गाउँपालिकाले उहाँको सालिक निर्माण गर्ने गाउँपालिका अध्यक्ष भागीराम चौधरीले बताउनुभयो । “हामीले पश्चिम दाङका समस्या केन्द्रसम्म पु¥याउने एउटा पुल गुमाएका छौँ,” उनकोे, “स्व.ओलीको सम्झनामा गाउँसभा र कार्यपालिका बैठकबाट छलफल गरी सालिक निर्माण गर्नेछौँ ।”
त्यस्तै तुलसीपुर उपमहानगरपालिकाले पनि स्व.ओलीको सपना साकार पार्न स्मृति वाटिका निर्माण गर्ने जनाएको छ । तुलसीपर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सांसद ओलीले अघि सारेका विकासका ऐजेण्डलाई समृद्धिका लागि अगाडि सारिने तथा उनको सम्झनामा स्मृति वाटिका निर्माण गरिने बताए । “ स्व. ओलीले पश्चिम दाङको विकासका लागि थुप्रै एजेण्डाहरु अघि सार्नुभएको थियो,” उनले भने, “तर उनले ती योजनाहरु पूरा गर्न पाउनु भएन, उब उनले अघि सारेका एजेण्डाहरु हामीले पूरा गर्नुपर्छ ।” उनले स्व. ओलीको निर्वाचन क्षेत्र तुलसीपुरका चारवटै वडामा तीनवटै सरकार मिलेर विशेष कार्यक्रमहरु सञ्चालन गर्ने योजना रहेको समेत बताए ।
शान्तिनगर गाउँपालिकाले पनि स्व. ओलीले बनाएका महत्वपूर्ण एजेण्डाहरुलाई पूरा गर्ने गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले बताउनुभयो । तत्कालीन नेकपा एमालेबाट २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा पराजित भएका ओली २०७४ सालमा भएको प्रदेशसभाको निर्वाचनमा भने भारी मतान्तरले विजयी भएका थिए ।
विसं २०४१ मा जन्मिएका ओलीको सवारी दुर्घटनामा परी यही फागुन ९ गते निधन भएको थियो । माघ २४ गते घोराही-३ चिसापानी नजीकै ओली सवार कार र बस ठोक्ँिकदा दुर्घटना भएको थियो । दुर्घटनापश्चात् गम्भीर घाइते भएका ओलीको मेडिसिटी अस्पतालमा ललितपुरमा उपचारका क्रममा निधन भएको हो ।
वि.सं.२०७५ फागुन २६ आइतवार १२:५८ मा प्रकाशित






























