Logo
८ आश्विन २०८०, सोमबार
     Mon Sep 25 2023
E-paper
  English Edition
   Unicode
Logo

संविधान सबैको साझा सम्पत्तिः मन्त्री लेखक



 

२० कात्तिक , भीमदत्तनगर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले संविधान आम नेपालीको साझा सम्पत्ति भएको बताउनुभएको छ ।

शुक्रबार राति अबेर कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–१ बन्साहमा आयोजित धार्मिक रामलिला महोत्सवको उद्घाटन गर्दैै उहाँले भन्नुभयो– असन्तुष्ट पक्षलाई समेटेर संविधानलाई सबैको साझा सम्पत्तिको रुपमा स्थापित गराउन सरकार लागि परेको छ ।

“संविधानमा सबै वर्ग, जातजाति र समुदायको भावना समेटिएको छ” उहाँले भन्नुभयो– “यसलाई सम्पत्तिका रुपमा स्थापित गराउनु वर्तमान सरकारको राष्ट्रिय एजेन्डा हो ।”

मन्त्री लेखकले स्थानीय तहको निर्वाचन सरकारको अर्को एजेन्डा रहेको भन्दै निर्वाचनको तयारीमा समेत सरकार लागेको बताउनुभयो ।

धार्मिक महोत्सव, यज्ञले समाजमा भाइचारा र सामाजिक सद्भाव कायम गर्न सघाउ पु¥याएको भन्दै उहाँले रामलिला जस्ता धार्मिक कार्यक्रमले समाजलाई सही मार्ग देखाउने धारणा राख्नुभयो । रासस


-->

विक्रम गिरी, हाङ्जाउ (चीन) । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतवार भएको

काठमाडौँ । आर्थिक क्षेत्रका विज्ञहरूले नेपाल र चीनबीच सम्झौता गर्दा र सम्झौता कार्यान्वयनका लागि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज

एकराज पाठक,बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामा मुलुकले रू दुई खर्ब