Logo
२२ जेष्ठ २०८०, सोमबार
     Mon Jun 5 2023
E-paper
  English Edition
   Unicode
Logo

गाडिएको अवस्थामा शिशुको शव फेला



 

२० कात्तिक , फलेवास (पर्वत) । पर्वत लिमिठाना–८ चिर्दीखोलास्थित खेतमा गाडिएको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ ।

स्थानीय गोपाल क्षेत्री भनिने कुलबहादुर क्षेत्रीको खेतमा नवजात शिशुको शव शुक्रबार भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार क्षेत्रीको श्रीमती ३१ वर्षीया मीना क्षेत्रीले बच्चालाई जन्म दिई हत्या गरी नजिकैको आफ्नै खेतमा लगेर गाडेको भन्ने खुल्न आएको छ ।

हत्याको आशङ्कामा अनुसन्धानका लागि मीना क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शिशुको शव स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पाताल पर्वतमा पठाइएको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक दीपक पातीलले जानकारी दिनुभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यायाधीश नियुक्तिसम्बन्धी व्यवस्था नेपालको संविधानले न्यायसम्बन्धी अधिकार संविधान, अन्य कानून र न्यायका मान्य सिद्धान्तबमोजिम

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमाडौँ । भारतबाट नेपाललाई उपलब्ध गराइने १५ वटा मुर्रा जातको राँगाबाट कम्तीमा एक लाख

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी