Logo
१३ आश्विन २०८०, शनिबार
     Sat Sep 30 2023
E-paper
  English Edition
   Unicode
Logo

प्रवासीको सहयोगमा सडक मर्मत तथा स्तरोन्नति



 

२० कात्तिक, बेनी (म्याग्दी)। कुहुँ–८ थाइवाङको विकासप्रति प्रवासमा रहेका थाइवाङवासी एकजुट भएका छन् ।

विश्वका विभिन्न देशमा पुगेका थाइवाङवासीले रु सात लाख जुटाएर गाउँसम्म पुग्ने सडक मर्मत सम्भार तथा स्तरोन्नति गरेका छन् ।

थाइवाङ जोड्ने कुहुँ–पञ्चासे खोलासम्मको जोखिमपूर्ण सडकलाई ब्रेकरको प्रयोग गरेर सडक विस्तार तथा मर्मत गरिएको थाइवाङका स्थानीय बलिभद्र गौतमले जानकारी दिनुभयो ।

“प्रवासमा रहेका थाइवाङवासीको सक्रियतामा सडक मर्मत भएको छ, अब सहजै गाउँसम्म सानाठूला सवारीसाधन चल्छन्” गौतमले भन्नुभयो ।

बेनी–दरवाङ सडकखण्डअन्तर्गत सिमलचौर र पुलाचौर–डडुवा कुहुँ हुँदै गाउँसम्म पुग्ने पुरानो सडक भए पनि भिरालो र जोखिमपूर्ण भएकाले गाउँसम्म सहज सवारीसाधन आवतजावतमा समस्या हुने गरेको थियो । गाउँ नजिकै सवारीसाधन राखेर जानुपर्ने अवस्थामा सडक स्तरोन्नति भएपछि ट्याक्सी समेत गाउँमै पुग्छन् ।

सडकखण्डको पञ्चासे खोलादेखि रातो खोलासम्मको करिब एक किलोमिटर मर्मत गरिएको थाइवाङ गाविसले जनाएको छ । पाँच दिनसम्म लगातारको सडक मर्मत सम्भारपछि कुहुँको हिदी गाउँका साथै मालिकाधुरी जान समेत सहज भएको छ ।

जिल्लाकै धार्मिकस्थलको रुपमा परिचित मालिकाधुरीमा पुग्ने सबैभन्दा छोटो रुट थाइवाङ हँुुदै पर्छ । थाइवाङ गाविस अभियानमार्फत शिक्षा, स्वास्थ्य, विकास निर्माण, आर्थिक अवस्था कमजोर भएकाको उपचारलगायत गाउँमा आवश्यक पर्ने सबै क्षेत्रमा सहयोग गर्ने लक्ष्य रहेको छ । रासस


-->

म्यामराज राई, भोजपुर, हाल -जापान ‘जिम्दार साब ! म तपाईहरूकै बालीघरेकी छोरी हूँ ।

ध्रुबप्रसाद गजुरेल,तारकेश्वर, काठमाडौं हराएछ मान्छे समरमा कतै भुलेको छ बाटो सफरमा कतै छ पैदल

ओम आचार्य, अर्घाखाँची आगोको विउ रोपेर सुडौला जिउ बनाउन आरन थापेकाहरू सपनाको धाउ पिट्दा

बद्री उप्रेती, काठमाडौं १. थोरै नपठाउनु यादहरु फालाफाल पठाइदिनू आँसु पठाउँदा पुछ्नलाई रुमाल पठाईदिनू

लक्ष्मी स्मृति, बिराटनगर १. बिसंगति पनि कति धेरै जता हेर्यो कमिशन, भ्रष्टाचार सुनिन्छ बिग्रिएको