back
CTIZAN AD

प्रवासीको सहयोगमा सडक मर्मत तथा स्तरोन्नति

वि.सं.२०७३ कात्तिक २० शनिवार

768 

shares

 

२० कात्तिक, बेनी (म्याग्दी)। कुहुँ–८ थाइवाङको विकासप्रति प्रवासमा रहेका थाइवाङवासी एकजुट भएका छन् ।

विश्वका विभिन्न देशमा पुगेका थाइवाङवासीले रु सात लाख जुटाएर गाउँसम्म पुग्ने सडक मर्मत सम्भार तथा स्तरोन्नति गरेका छन् ।

थाइवाङ जोड्ने कुहुँ–पञ्चासे खोलासम्मको जोखिमपूर्ण सडकलाई ब्रेकरको प्रयोग गरेर सडक विस्तार तथा मर्मत गरिएको थाइवाङका स्थानीय बलिभद्र गौतमले जानकारी दिनुभयो ।

“प्रवासमा रहेका थाइवाङवासीको सक्रियतामा सडक मर्मत भएको छ, अब सहजै गाउँसम्म सानाठूला सवारीसाधन चल्छन्” गौतमले भन्नुभयो ।

बेनी–दरवाङ सडकखण्डअन्तर्गत सिमलचौर र पुलाचौर–डडुवा कुहुँ हुँदै गाउँसम्म पुग्ने पुरानो सडक भए पनि भिरालो र जोखिमपूर्ण भएकाले गाउँसम्म सहज सवारीसाधन आवतजावतमा समस्या हुने गरेको थियो । गाउँ नजिकै सवारीसाधन राखेर जानुपर्ने अवस्थामा सडक स्तरोन्नति भएपछि ट्याक्सी समेत गाउँमै पुग्छन् ।

सडकखण्डको पञ्चासे खोलादेखि रातो खोलासम्मको करिब एक किलोमिटर मर्मत गरिएको थाइवाङ गाविसले जनाएको छ । पाँच दिनसम्म लगातारको सडक मर्मत सम्भारपछि कुहुँको हिदी गाउँका साथै मालिकाधुरी जान समेत सहज भएको छ ।

जिल्लाकै धार्मिकस्थलको रुपमा परिचित मालिकाधुरीमा पुग्ने सबैभन्दा छोटो रुट थाइवाङ हँुुदै पर्छ । थाइवाङ गाविस अभियानमार्फत शिक्षा, स्वास्थ्य, विकास निर्माण, आर्थिक अवस्था कमजोर भएकाको उपचारलगायत गाउँमा आवश्यक पर्ने सबै क्षेत्रमा सहयोग गर्ने लक्ष्य रहेको छ । रासस

वि.सं.२०७३ कात्तिक २० शनिवार ०७:४४ मा प्रकाशित

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...