back
CTIZAN AD

कुखुरा पालेर मासिक ५० हजार आम्दानी गर्दै पत्रकार कुँवर

वि.सं.२०७५ फागुन २७ सोमवार

732 

shares

२७ फागुन, तनहुँ । मोफसलका एक पत्रकारले पत्रकारिता पेशासँगै स्थानीय जातका कुखुरा पालेर राम्रो आम्दानी गर्दै आएका छन् । दमौलीबाट सञ्चालित मादीसेती एफएममा कार्यरत रामकृष्ण कुँवरले स्थानीय जातका कुखुरा पालेर मासिक रु ५० हजार कमाउँदै आएका छन् ।

छिमेकी जिल्ला पाल्पाको माडीबाट ह्याचिङ गरेको स्याखिनो जातको कुखुरामा क्रस गरी उत्पादन भएको एक हजार चल्ला ल्याएर व्यवसाय शुरु गर्नुभएका कुँवरले पाँच महीनाको अवधिमा करीब दुई लाख ५० हजार भएको बताए ।

भानुनगरपालिका वडा नं १३ स्थित मिर्लुङमा मिर्लुङ पशु फार्म दर्ता गरेर कुखुराको खोर, चल्ला, दाना गरी रु छ लाख ५० हजार खर्चेर व्यावसायिक रूपमा लाग्नुभएका कुवँरले अहिलेसम्म करीब ७०० कुखुरा बिक्रीसमेत भइसकेको बताए ।

“गाउँघरका कुखुराले ओथारो बसेर निकालेको चल्ला बढीमा १०÷१५ वटा मात्र हुनसक्छ,” उनले भने “यसले बजारको मागलाई धान्न सक्दैन, यस्तो अवस्थामा स्थानीय जात सरहकै कुखुरा उत्पादन गर्दा बजारको मागलाई धान्न सजिलो भएको छ ।”

उक्त कुखुरा पाँच महीनाको अवधिमा डेढदेखि २०० किलो हुने, प्रतिकिलो रु ६०० मा बिक्री हुने, बिक्री गर्न अन्यत्र लैजानु नपर्ने, खोरमै लिन आउने, बोइलर कुखुरालाई जस्तो बढी स्याहार गर्नुनपर्ने, रोगको प्रकोप बढी नहुनेलगायत कारणले आफू यस पेशातर्फ आकर्षित बनेको उनले भने, यस व्यवसायलाई निरन्तरता दिने योजना बनाएको छु ।

महीनाको रु ५०÷६० हजार कमाउन गाउँका युवा विदेशिने गर्छन्, उनले भने, स्वदेशमै मिहिनेत गर्न सके विदेशको कमाइ स्वदेशमै कमाउन सकिन्छ भन्ने उदाहरण दिनका लागि पनि आफूले यो व्यवसाय अँगालेको हुँ । पछिल्लो समय तनहुँमा स्याखिनो जातको कुखुरा पाल्नेहरूको आर्कषण बढ्दै गएको पाइन्छ ।

पत्रकार रामकृष्णका बुबा चीजबहादुर कुँवरले छोराले गाउँमा व्यावसायिक रुपमा कुखुरा पाल्ने गरेपछि गाउँका केही युवाले पनि सिको गर्दै थोरै सङ्ख्यामा भए पनि कुखुरा पाल्न शुरु गरेको बताए ।

वि.सं.२०७५ फागुन २७ सोमवार १८:०३ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा...

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर (झापा) । गत वर्षको जेन्जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको...