back
CTIZAN AD

दोहोरो अङ्कले बढेपछि सेयर बजारमा उत्साह

वि.सं.२०७५ फागुन २७ सोमवार

588 

shares

२७ फागुन, काठमाडौँ । आइतबार प्राविधिक समस्या आएपछि कारोवारमा समस्या भएको शेयर बजार आज भने दोहोरो अङ्कले बढेपछि सेयर बजारमा उत्साह छाएको छ । । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १४.२८ विन्दुले बढेर एक हजार १४२.९३ विन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१३ विन्दुले बढेर २४३.२६ विन्दुमा पुगेको छ ।
कूल १७१ कम्पनीको १३ लाख ४७ हजार ४८ कित्ता शेयर रु ४० करोड २८ लाख ४० हजार २१३ मा खरीद बिक्री भए ।
स्टकका अनुसार कारोवार भएका कूल ११उपसमूहमध्ये अन्य उपसमूहको शेयर मात्रै ओरालो लागेको छ । सो उपसमूह १.६२ विन्दुले घटेको हो । यस्तै बैंकिङ १७.१८, व्यापार २.७, होटल १२.१४, विकास बैंक १०.१७, जलविद्युत् २७.९७, वित्त २।५७, निर्जीवन बीमा ७९.७२, उत्पादन ३.९६, लघुवित्त १४।२३ र जीवन बीमा ६.३६ विन्दुले बढेको छ ।
कारोवारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु दुई करोड ८९ लाख ८६ हजार ६६, एनआइसी एशिया बैंक रु दुई करोड २१ लाख २१ हजार ४९२, प्रभु बैंक लिमिटेड रु दुई करोड १७ लाख ५७ हजार ८२७, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक रु एक करोड ८२ लाख ६७ हजार २३६ र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु एक करोड ७१ लाख ५९ हजार ९५५खरीद बिक्री भई अग्रस्थानमा रहे ।
स्टकका अनुसार ङादी ग्रूपका शेयरधनीले ८.७७, कञ्चन डेभलपमेन्ट बैंक ७।८४, नेशनल हाइड्रो पावर कम्पनी ६.१५, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था ५.९३, अपि पावर कम्पनीकाशेयरधनीले ५.३६ प्रतिशतले कमाएका छन् । यस्तै सेन्ट्रल फाइनान्स कम्पनी ३.६६, सपोर्ट माइक्रोफाइनान्स कम्पनी ३।४३, हाथवे फाइनान्स कम्पनी ३.२, बरुण हाइड्रो पावर कम्पनीका शेयरधनीले ३.१२ प्रतिशतले गुमाएका छन् ।

वि.सं.२०७५ फागुन २७ सोमवार १८:०८ मा प्रकाशित

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौँ । नेपालको पर्यटन प्रवद्र्धनका लागि नेपाल एसोसिएसन अफ टुर...

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं  । थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी...

‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु, हेर्नुहोस् फोटो फिचरमा

‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु, हेर्नुहोस् फोटो फिचरमा

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी ‘एचपी...

रोबोटदेखि ईभीसम्म : नाडा अटो शोमा नेपालको विद्युतीय यात्रा

रोबोटदेखि ईभीसम्म : नाडा अटो शोमा नेपालको विद्युतीय यात्रा

काठमाडौं। भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुने १८औं नाडा अटो...

नेपाल बैंकले गर्यो नाडा अटो शो २०२६मा आकर्षक अटो लोन अफर

नेपाल बैंकले गर्यो नाडा अटो शो २०२६मा आकर्षक अटो लोन अफर

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेडले आगामी भदौ...