back
CTIZAN AD

राप्रपाको विधान परिमार्जनसहित अनुमोदन

वि.सं.२०७५ फागुन २८ मंगलवार

651 

shares

२८ फागुन, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को उच्चस्तरीय कार्यसम्पादन समितिको आज बसेको बैठकले अन्तरिम विधान परिमार्जनसहित अनुमोदन गरेको छ ।
त माघ १७ गते राप्रपा (प्रजातान्त्रिक) र एराप्रपा (राष्ट्रवादी) बीच एकताका लागि अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीले हस्ताक्षर गरेको आधारपत्रानुसार नियमावली, घोषणापत्र, प्रतीकचिह्न, झण्डा, चुनाव चिह्नलगायत विषयमा बैठकमा छलफल भएपछि विधान पारित भएको वरिष्ठ नेता राजाराम श्रेष्ठले जानकारी दिए । विधानमा २०५ केन्द्रीय कार्यसमिति रहने व्यवस्था छ ।

बैठकले एकीकरण हुनुअगाडि दुई दलमा रहेका केन्द्रीय कार्यसमितिका सदस्यलाई नयाँ कार्यसमितिमा ल्याउने निर्णय पनि गरेको छ । नयाँ कार्यसमितिको नामावली निर्वाचन आयोगमा बुधबार पठाइने भएको छ ।

यसैबीच राप्रपाले राष्ट्रिय अखण्डता, स्वतन्त्रता र हिन्दूत्वको माग गर्दै यही फागुन १५ गतेदेखि शुरु गरेको राष्ट्रिय स्वाभिमान यात्रा मेची–महाकालीको विभिन्न भागमा पुगेर यही फागुन ३० गते काठमाडौँ आइपुग्ने भएको छ । आगामी चैत १ गते भने समापनसभा गरिने कार्यक्रम छ । उक्त यात्रा गत आइतबार बाँके, सोमबार दाङ र मङ्गलबार रुपन्देही पुगेको थियो ।

वि.सं.२०७५ फागुन २८ मंगलवार १६:३३ मा प्रकाशित

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...