back
CTIZAN AD

कविता र स्वर मेरो हैन – रविन्द्र पत्नी भण्डारी

वि.सं.२०७५ फागुन २८ मंगलवार

750 

shares

२८ फागुन, चिप्लेढुङ्गा । तत्कालीन मन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीकी पत्नी विद्या भट्टराईले ताप्लेजुङ्गमा जहाज दुर्घटनामा निधन भएको दिन सामाजिक सञ्जालमा आफ्नो कविता र स्वर भनी सार्वजनिक गरिएको सामग्री आफ्नो नभएको स्पष्ट पारेकी छन् । “एउटा शोकको घडीमा कुनै पनि कुरा सम्झन नसक्ने विक्षिप्त अवस्था भएको मान्छेको कविता र स्वर भन्दै सामाजिक सञ्जालमा बिकाउन खोजिएको रहेछ । मलाई निकै दुःख लाग्यो”, भट्टराईले भनिन् ।
“भेट्न आउनेहरुले कविता–आकाश कालो दिनै धुम्म, आज फागुन पन्ध्र, बीच बाटोमै मलाई छोडी, गयौ किन रवीन्द्र…को कुरा गर्नुहुन्थ्यो । म छक्क पर्थँे, कहीँ कतै मैले कविता लेखेको छैन । म कविता लेख्दा पनि लेख्दिन । पीडामा भएको मान्छे कतिलाई स्पष्टीकरण दिएर बसूँ ? जवाफ दिने अवस्थामा पनि थिइन । अहिले मेरो कविता र स्वर भन्दै सार्वजनिक गरिएको भिडियो हेरँे, पीडाको व्यापार पो गरिएछ ।”
आफूमाथि गलत तरीकाबाट सहानुभूति राखिएकामा उनले दुःख प्रकट गर्दै
आफूबाट पाथीभरामाईको पूजा सामग्री तयार गरिएको भन्ने कुरा पनि सर्वथा झुटो भएको बताइन् । अधिकारी–भट्टराईका छोरा विराजले फागुन १५ गते अपराह्न ४ बजेतिर सामाजिक सञ्जालमा पोष्ट भएको उक्त भिडियो अहिले हटाइएको बताए । उनले भने “आधिकारिक रुपमा १.४५ बजे दुर्घटनाको समाचार बाहिर आएको छ, ४ बजेको वरिपरि भ्रम सिर्जना गर्ने गरी ममीको नामको कविता र स्वर भन्दै सामाजिक सञ्जाल र युट्युबमा राखिएको रहेछ । हामी शोकमा थियौँ, तत्काल कुनै प्रतिक्रिया जनाउने अवस्था पनि थिएन, ममीले अहिले बल्ल सुन्नुभयो ।”
“पाथीभरा जाने कुरा नै थिएन । पाथीभराको कुरा किन ल्याइयो ? घटना भएको दुई तीन घण्टाभित्र नै किन यस्तो कविता र स्वरसहितको भिडियो बाहिरै ल्याइयो । लेख्न र रेकर्ड गर्न पनि त केही समय लाग्यो होला । एकदम रहस्यमय लागिरहेको छ”, विराजले भने “यो कस्तो देश हो जहाँ पीडालाई शब्दमा ढालेर सहानुभूतिको व्यापार गरिन्छ । जसले यो काम गर्नु भएको हो उहाँको खोजी हुनुपर्छ र छानबीन गरिनुपर्छ ।”
अधिकारीका बालसखा एवं नेपाल राष्ट्रिय वाणिज्य सङ्घका केन्द्रीय अध्यक्ष धनराज आचार्यले सामाजिक सञ्जालमा भट्टराईका नामबाट सार्वजनिक गरिएको कविता अडियो भिडियो भन्दै सार्वजनिक गर्नेलाई तत्काल छानबीनको दायरामा ल्याउनुपर्ने बताए । आचार्यले भने “यो परिवार र आफन्तजनको समवेदनामाथिको प्रहार हो । विशेष गरी युट्युबमा पछिल्लो समय विभिन्न उत्तेजित र भ्रम सिर्जना गर्ने शीर्षक राखेर सब्सक्राइब गर्ने नराम्रो प्रचलन बढेको छ । यसमा विद्या भट्टराई पनि पर्नुभयो । यो साह्रै निन्दनीय छ । यी र यस्ता खालका गतिविधि तत्काल रोक्न र दोषीलाई कारवाहीको दायरामा ल्याउनुपर्छ ।”

वि.सं.२०७५ फागुन २८ मंगलवार १६:४४ मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...