२९ फागुन, काठमाडौं । मधेशमा ससस्त्र संघर्ष गरिहेका सिके राउत र सरकारबीच भएको राजनीतिक सम्झौता आफूले नपढेको बताएका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले विप्लव नेतृत्वको नेकपालाई भने कारबाही हुनुपर्ने बताएका छन् ।
देउवाले बुधबार बिहान विराटनगर एयरपोर्टमा पत्रकारहरुसँग कुराा गर्दै हिसांत्मक गतिबिधि गर्दै आएको विप्लव समुहलाई सरकारले कानुन अनुसारको कारबाही गर्नुपर्ने बताएका छन् ।
आफ्नै साथीहरु माथि पनि विप्लव समुहले आक्रमण गरेको भन्दै उनले सरकारले विप्लव समुहलाई प्रतिबन्ध मात्र होइन, कारबाही नै गर्नुपर्ने बताएका छन् ।
वि.सं.२०७५ फागुन २९ बुधवार १४:३८ मा प्रकाशित






























