२९ फागुन,काठमाडौं । काठमाडौं महानगरपालिका–२६ साङ्ग्रिला होटल मोडबाट बा.३३ प ५४६४ नम्बरको मोटरसाइकलमा सवार काठमाडौं महानगरपालिका मनमैजु बस्ने म्याग्दीका ३१ वर्षीय छमबहादुर मल्ललाई स्रोत नखुलेको नेपाली ४ लाख ५० हजार रुपैयाँ सहित मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा छमबहादुरले बोकेको झोलामा उक्त रकमको श्रोत खुलाउन नसकेकोले नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
वि.सं.२०७५ फागुन २९ बुधवार १४:५२ मा प्रकाशित






























