back
CTIZAN AD

वाग्लेको ‘अकीर्ण आँखा’ विमोचित

वि.सं.२०७३ कात्तिक २० शनिवार

771 

shares

photoकाठमाडौँ । पत्रकार तथा साहित्यकार त्रिभुवनचन्द्र वाग्लेद्वारा लिखित ‘अकीर्ण आँखा’ कविता सङ्ग्रहको शनिबार यहाँ विमोचन गरिएको छ ।

विकास मञ्च नेपालद्वारा यहाँ आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा विष्णुविभु घिमिरेले सङ्ग्रहको विमोचन गर्नुभयो ।
उपकुलपति घिमिरेले कवि वाग्लेले लेखेका कविता सन्देशमूलक, सान्दर्भिक, कलात्मक र सरल भाषामा प्रस्तुत गरिएको छ भन्दै वाग्लेको कवितामा प्रशस्त सम्भावना छ भन्नुभयो ।
गीतकार तथा समालोचक डा कृष्णहरि बरालले सङ्ग्रहमा आलोचनात्मक यर्थाथवादी कविता समावेश भएको र ती कवितालाई कविले न्याय गरेको धारणा राख्नुभयो । साहित्यकार अशेष मल्लले आख्यान सहितकोे कविताको संरचनाले पाठकको ध्यान केन्द्रित गर्ने बताउनुभयो । साहित्यकार तथा पत्रकार हरि अधिकारीले सङ्ग्रहले समसामयिक विषयवस्तु र नेपाली समाजलाई चित्रण गरेको छ भन्नुभयो ।
राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष कुलचन्द्र वाग्लेले कविता रचना गर्ने आफ्नो पुर्खाको प्रवृत्तिलाई कवि त्रिभुवनचन्द्रले निरन्तरता दिएकामा सन्तोष व्यक्त गर्नुभयो ।
कार्यक्रममा पूर्वराजदूत डा मोहन लोहनी, प्रा डा कुमार कोइराला, गोरखापत्र संस्थानका प्रबन्ध सम्पादक श्रीओम श्रेष्ठ र मञ्चका अध्यक्ष शारदा पौडेलले साहित्य क्षेत्रमा निरन्तरताका लागि कवि वाग्लेलाई आग्रह गर्नुभयो । मञ्चले प्रकाशन गरेको सङ्ग्रहमा राष्ट्रियता, अन्तर्राष्ट्रिय समसामयिक विषय, प्रकृति, संस्कृति, दलित लगायत विषय समेटिएका गद्य र पद्य गरी ६१ कविता समाविष्ट छन् । कवि वाग्ले गोरखापत्र दैनिकसँग सम्बद्ध हुनुहुन्छ । रासस

वि.सं.२०७३ कात्तिक २० शनिवार १२:२१ मा प्रकाशित

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...