
२० कात्तिक, काठमाडौं । लामो समय आर्थिक पत्रकारितमा क्रियाशिल रहेका पत्रकार सञ्जय न्यौपानेको उपचारका क्रममा निधन भएको छ ।स्नायुप्रणालीसम्बन्धी रोगका कारण झण्डै एक बर्षदेखि उपचार गराइरहेका न्यौपानेको शनिवार साँझ ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । बिजया दशमीको दिन एक्कासी बेहोस भएर ढलेका थिए । त्यसपछि पुनः मेदान्त लगिएका न्यौपानेलाई अस्पतालले नेपालमा उपचार गराउनु भन्दै फिर्ता गरिदिएको थियो ।न्यौपाने कारोबार दैनिकका पूर्व सम्पादक,कान्तिपुर दैनिकमा लामो समय आर्थिक पत्रकारिता गरेका उनले त्यहाँ बिजनेस ब्युरो प्रमुख र चिफ रिपोर्टर भएर काम गरेका थिए ।