back
CTIZAN AD

विप्लवमाथि लगाइएको प्रतिबन्ध बारे के भन्छन् त नेताहरु ?

वि.सं.२०७५ फागुन २९ बुधवार

819 

shares

२९ फागुन, काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएसँग नेपाली समाजमा विभिन्न टिका टिप्पणी उठेका छन् ।

यसै विषयलाई नेकपाका नेता तथा विपक्षी दल नेपाली कांग्रेसका नेताहरुले आ–आफ्नै कोणबाट धारणा व्यक्त गरेका छन् ।

प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले विप्लवलाई कारबाही गर्नुपर्ने बताएका छन् । उनले आफ्नै साथीहरुलाई पनि मार्ने धम्की आएकोले हिंसात्मक गतिबिधिमा लागेको विप्लव समुहलाई सरकारले कानुन अनुसारको कारबाही गर्नुपर्ने विराटनगरमा पत्रकारहरुसँग बताएका थिए ।

त्यस्तै नेकपाका नेता माधव कुमार नेपाल आफ्नै पार्टी नेतृत्वको सरकारसँग असन्तुष्ट देखिएका छन् । उनले प्रतिबन्ध लगाउनु पर्ने कुरामा कुनै छलफल नै नभएको बताएका छन् ।

बुधबार बानेश्वरस्थित संसद् भवनमा पत्रकारहरुलाई प्रतिक्रिया दिदैं यस्तो गम्भीर विषयमा पार्टीभित्रै छलफलै नभएको भन्दै यसमा सरकारलाई साथ दिन नसकिने पनि बताएका थिए ।
त्यस्तै कांग्रेस पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रतिबन्धप्रति पार्टीको धारणा व्यक्त गर्दै प्रवक्ता विश्व प्रकाश शर्माले कम्युनिष्टको रेडबुक पढेर हुर्केकाहरुलाई विस्वासमा ल्याउन नेकपालाई आग्रह गरेका थिए ।

उनले नेपाली कांग्रेसले १२ बुँदे सम्झौता मार्फत् नेकपा माओवादीलाई शान्तिपूण राजनीतिमा ल्याएको उल्लेख गर्दै त्यसबाट पाठ सिक्न प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीलाई आग्रह गरेका थिए ।

त्यस्तै नयाँशक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले सरकारले विप्लव समुहमाथि सरकारले दमन गरेको आरोप लगाएका छन् । उनले नेकपा विप्लव समुहलाई ‘अपराधिक’ भन्दै औपचारिक रुपले प्रतिबन्ध गरेको तथा उसका विरुद्ध राज्यको सुरक्षा शक्ति प्रयोग गर्ने घोषणा गरेको भन्दै विश्व इतिहासका यस्तै चर्चित विडम्वनापूर्ण घटनाको सम्झना गराएको बताएका छन् । उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्,‘ एउटा कम्युनिष्ट भन्ने पार्टीको सरकारले अर्को कम्युनिष्ट नै दावी गर्ने समूहलाई यसरी दमन गर्ने तयारी देख्दा विश्व इतिहासका यस्तै केही चर्चित विडम्वनापूर्ण घटनाको सम्झना गराउँछ ।’

त्यस्तै पूर्वमन्त्री तथा नेकपा एमालेका पूर्वनेता रविन्द्र श्रेष्ठले विप्लवलाई प्रतिबन्ध लगाउनु गैरसंबैधानिक कार्य रहेको बताउँदै विप्लवलाई प्रतिबन्ध लगाउने त्यस्तो कुनै कानुनी अधिकार मन्त्रिपरिषद्लाई नभएको बताएका छन् ।

वि.सं.२०७५ फागुन २९ बुधवार १८:४८ मा प्रकाशित

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने...

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार दिउँसो २...

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले लामो समयदेखि सार्वजनिक...

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...