back
CTIZAN AD

सिंहदरबारमा सरकारी बैंकलाई किन निषेध ?

वि.सं.२०७५ फागुन ३० बिहीवार

540 

shares

३० फागुन, काठमाण्डौं । सांसदले सरकारी बैंकलाई सिंहदरबारभित्र प्रवेश नपाएको भन्दै आपत्ति जनाएका छन् । सिंहदरबारभित्रैबाट भारतसहितको संयुक्त लगानीमा सञ्चालक एभरेष्ट बैंकले मात्रै कारोबार गर्दै आएकामा उनीहरुले आपत्ति जनाएका हुन् । अर्थमन्त्री युवराज खतिवडासँगको सांसद÷मन्त्री प्रश्नोत्तर कार्यक्रममा सांसदले यस्ता प्रश्न उठाएका हुन् । तीन वर्षअघि सरकारी बैंकलाई प्रवेश अनुमति दिन सांसदद्धारा माग भएपनि किन दिइएन भन्ने प्रश्न गरेका थिए । उनीहरुले आफूहरुको पारीश्रमिक विदेशी लगानीमा रहेको बैंकबाट नभई सरकारी बैंकबाटै हुनुपर्ने माग समेत गरेका थिए ।
सत्तारुढ दलका साँसद भीम रावलले बैंकलाई सिंहदरबाभित्र किन जान नदिएको भनेर सरकारको जवाफ मागेका थिए भने सांसद खगराज अधिकारीले सिंहदरबारभित्र विदेशी लगानीमा स्थापित बैंकबाट नभएर नेपाल बैंकबाटै कारोबार गर्न पाउने माग गरेका थिए ।
त्यस्तै सांसद विन्दा पाण्डे, प्रेम सुवाल, सुजिता शाक्य, अनि कर्ण लगायतले पनि सिंहदरबारमा सरकारी बैंकलाई प्रवेश दिनुका साथै मन्त्री तथा सांसदको पारीश्रमिक त्यसमै पठाउनु पर्ने माग गरेका थिए । विहिबारको कान्तिपुर दैनिकबाट

वि.सं.२०७५ फागुन ३० बिहीवार ०७:३९ मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...