back
CTIZAN AD

यस्ताखानेकुरामा पाइन्छ भरपुर प्रोटिन

वि.सं.२०७५ फागुन ३० बिहीवार

753 

shares

हामी धेरैले सुनेका हुन्छौं कि प्रोटिन भएको खाना खानुपर्छ । तर, हामी कतिपयलाई प्रोटिनका स्रोत रहेका खानाको बारेमा थाहा पनि छैन । आउनुहोस् जानौं, प्रोटिन हाम्रो शरीरको लागि कति जरुरी छ त ?

प्रोटिन हाम्रो शरीरमा क्याल्सियम र मिनरल्स मिलेर टिश्यु(तन्तु) बनाउने काम गर्दछ । हाम्रो शरीरको रक्तनली, आन्द्रा, लिवर, र किड्नी लगायतका महत्वपूर्ण अंग र छालाको निर्माण प्रोटिनबाट हुन्छ । मानिसलाई जीवनभर प्रोटिनको आवश्यक हुन्छ । यदि तपार्ई शकाकारी हुनुहुन्छ र खानामा बढी प्रोटिन चाहानुहुन्छ भने यी खानेकुरा खानुहोस् ।

अण्डा–ओट्स् : धेरै मानिसहरू खाजामा ब्रेड, टोस्ट, स्याण्डबीचहरूको बढी प्रयोग गर्छन् । तर, यी खानेकुरा भन्दा अण्डा र ओट्स खाजामा समावेश गर्नुभयो भने यसबाट राम्रो प्रोटिन मिल्छ । एक कप ओट्समा ६ ग्राम प्रोटिन हुन्छ भने अण्डामा झण्डै १९ ग्राम प्रोटिन पाइन्छ । अण्डामा प्रोटिन मात्र नभएर शरीरको लागि आवस्यक पर्ने पोषकतत्व, सेलेनियम र कोलीन पनि पाइन्छ । यसले शरीरमा रहेको नराम्रो कोलेस्ट्रोलको मात्रा घटाउन सहयोग गर्दछ । जसले गर्दा मुटुको बिरामीको खतरा कम हुन्छ ।

बदाम- बदाम पनि प्रोटिनको राम्रो श्रोत हो । यसमा धेरै पोषकतत्व हुन्छ । यो शरीरको लागि फाइदाजनक हुन्छ । बदाममा म्याग्नेशियम र फाइबरको साथै मोनोसेचुरेड फ्याट हुन्छ । यसले तपाईको मुटुलाई पनि फाइदा गर्छ । २८ ग्राम बदाममा लगभग ६ ग्राम प्रोटिन हुन्छ । ८ देखि १० दाना बदाम रातीमा भिजाएर बिहान बोक्रा फालेर खाँदा फाइदा हुन्छ । साथै भिजेको बदामलाई काटेर दही, तरकारीमा मिसाएर खान पनि सक्नुहुन्छ ।

पनीर- पनीर पनि प्रोटिनको राम्रो स्रोत हो । यसलाई नास्तामा समाबेश गरेर खाँदा अत्यन्त राम्रो हुन्छ । एक कप (लगभग २२५ ग्राम) पनीरमा २५ ग्राम प्रोटिन र २२० क्यालोरी हुन्छ । दूधबाट बनेको अन्य उत्पादन जस्तै दही, चीज लगायतमा पनि प्रोटिन हुन्छ । सबैभन्दा बढी प्रोटिन चीजमा हुन्छ । २८ ग्राम चीजमा ७ ग्राम प्रोटिन हुन्छ ।

यसका साथै चीज क्याल्सियमको राम्रो स्रोत पनि हो । नास्तामा तपार्ई चीज र ग्रील गरेको पनीर खान सक्नुहुन्छ ।  त्यस्तै फलफुलमा पनि एंटीअक्सिडेन्ट, फाइबर, भिटामिन्स लगायतका धेरै शरीरलाई आवश्यक पर्ने तत्वहरू पाइन्छ । साथै पीनट बटरमा पनि प्रोटिन हुन्छ । यसकारण नास्तामा तपाई काटेर सानो-सानो बनाइएको फलमा सानो चम्चाको २ चम्चा पिनट बटर राखेर खानु भयो भने यसले भोक पनि कम गराउने तथा तपाई बढी खाने बानीबाट बच्न सक्नुहुन्छ । यसले ब्लडमा शुगरको मात्रा कम पनि गराउँछ ।

 

वि.सं.२०७५ फागुन ३० बिहीवार ११:०४ मा प्रकाशित

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...