back
CTIZAN AD

मुक्तक

वि.सं.२०७५ चैत २ शनिवार

2.1K 

shares

(१)-मेरो घरको हालत बिग्रिएर मुग्लान पसियो
मुग्लान हिडेको २ र ४ दिन भारत बसियो
केही पैसा कमाउने मेरो सपना थियो सानो
तर दलालीको जालमा नराम्ररी पो फसियो ।

 

(२)-मलाई खान बस्न पटक्कै रहर छैन आमा विदेशमा
टिभिहरुमा देखिएका जस्तो घर छैन आमा विदेशमा
सहन गाह्रो चर्को घाम अनि कामको छ उस्तै भार
कुन बेला मरिन्छ कि कुनै भर छैन आमा विदेशमा ।

(३)-कति युवाहरु दुःखमा परेका छन् परदेशमा
तातो फलामले हात जलेका छन् परदेशमा
परिवारलाई सुख दिन्छु भन्दै कठै हिडेकाहरु
दुर्घटनामा मरी कति सडेको छन् परदेशमा ।

रत्न नगरपालिका–१ चितवन ,सौराहा चोक टाँडी

वि.सं.२०७५ चैत २ शनिवार १०:४० मा प्रकाशित

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...