Logo
६ आश्विन २०८०, शनिबार
     Sat Sep 23 2023
E-paper
  English Edition
   Unicode
Logo

भन्देउ न, काली तिमी कसरी मुस्कुराउँदै अविरल वगिरहन्छ्यौं ?



chandaएकातिर रिडी अर्कातिर काली गण्डकी तर, पनि एकले अर्काको किनारा छोएर मात्र बगिरहेका छन् । मन भनि रह्यो आखिर किन यतिधेरै भिन्नता कालीलाई रिडीको सेतो पानीमा मिसिन कसले रोक्यो अनि किन रोकियो ? मन एकसुरले उर्लदो बगिरहेको काली गण्डकीलाई हेरिरह्यो । डरलाग्दो थियो, काली गण्डकीको रुप । सबैले भनिरहेका थिए । “एइ विचमा नजाउ है भुमरी आइरहेको छ तान्दै लैजान्छ ।” माथि बाटोबाट हेर्दा सानो अनि सुकेर खुम्चिरहेको जस्तै लाग्ने काली गण्डकीको रुप नजिक पुगेर हेर्दा चण्डीको रुप जस्तै लाग्थ्यो ।

हामीले पूजा गरिरहेको पारी पट्टी शब जलाइरहेका थिए । आगो यतिधेरै बलिरहेको थियो की लाग्थ्यो, एकै निमेषमा शब जलिसक्यो होला ! तर, बस चलाएर आएका ड्राइभर भाइ भन्दै थिए–तिनीहरुले एकैपटक धेरै मट्टितेल हालेर आगो दन्काएका हुन्, कहाँ ती मुडाहरु यतिछिटो जल्छन् र ? अब आगो बल्न छाड्यो लास आधा जल्नै बाँकी छ । कसैले बिचमै जिज्ञासा राख्यो “अब के गर्छन त ?” ती भाइले फेरि भने–अब के गर्ने नी शब त्यत्तिकै पानीमा फालेर जान्छन । उनले फेरि थपे– अस्ति एउटी महिलालाई त्यस्तै गराए, श्रीमान छोडेर परपुरुषसँग सम्बन्ध गाँसेकी उसले पछि आत्महत्या गरिछ, अनि त शब ल्याएर जलाउँदै थिए, नजलेपछि यो साला….. लाई त यत्तिकै फ्याकिदिने हो यसलाई पूरा कहाँ जल्न दिने हो र भनेर पूरै नजलाई फ्याकिदिए । भाइको कुरा सुनेर मन झसंग भयो । सोचे “जिउदो छदाँ उनीहरुको नजरमा उनले गल्ति गरि होलीन् तर, त्यसको सजाय मरेपछि पनि ? उनको मरेको शरिरले के थाहा पायो होला र यीनीहरुले मरेपछि पनि सजाए दिए भनेर । आखिर रिडी पुग्नु भन्दा पहिले तिनको आत्मा उडेर टाढा गइसक्यो मुडो त हो नी जलाउने त्यहि पनि खरानी हुन दिएको भए के हुन्थ्यो होला र ?”

यत्तिकैमा माइली बहिनीले भनिन्–यहि माथि मानब बस्ति छ, कहा त्यस्तो गर्न हुन्छ र त्यसले त दुर्गन्ध फैलिइ हाल्छ नी मानब स्वास्थ्यमा असर गर्छ नी ।

उनको कुरा सकिन नपाउँदै अर्का भाइले भने– यो गण्डीको माछाले खाइ हाल्छन नी कहाँ बाहिर देखिन दिन्छन् र ? त्यहि भएर यस्तो गण्डीको माछा खानु हुँदैन ।

मन एकतमासले हेरि रह्यो गण्डकीलाई । काली बगेकी थिइन् एकसुरले । सोचे, “साच्चै तिमीमा पनि त वेदना पीडा र दर्द होला नी ? तर पनि कसरी एकतमासले बग्न सकिरहेकी छौ तिमी ? कसरी सम्भव छ यस्तो ! भन्देउ न काली म पनि तिमी जसरी बगिरहन किन सक्तिन् ?”

कालीले विस्तारै सुसाउँदै अनि आफ्ना छालहरुले किनारा छुदै यहि भनेको भान भयथ्यो मलाई त्यतिबेला “तिमीले नदेखेको मात्र हो अनि महसुस नगरेको मात्र हो । मुक्तिनाथ देखि झरेकी मलाई यहाँसम्म आइपुग्न कति दुःख कष्ट भोग्नु प¥यो होला, अनि कति अबरोधहरु सहनु प¥यो होला अनुमान गर्न सक्छ्यौं ?, संघर्षहरु धेरै गरे, तब पो म यसरी अविरल बगिरहने काली बन्न सके तिम्रो नजरमा ।”

कालीले वास्तवमा मलाई जीवन जिउने कला सिकाए जस्तो लाग्यो । संघर्ष गर्नुपर्छ भनेजस्तो लाग्यो । कालीको पवित्र पानीको जलले शरिरमा सिचेर जसरी मानिसहरुले आफ्ना सबै पाप पखालेको भन्ने मान्यता राख्छन्, त्यसरी नै तिमीले पनि वाधा व्यवधानमा नआत्तिएर पवित्र मन लिएर मानव सेवामा लाग्यौ भने, जीवनमा तिम्रो धर्म त्यहि हो । अनि तिम्रो आत्मसन्तुष्टि पनि । तिम्रो निश्चल अनि निस्वार्थ मानव सेवालाइ अरुले उदाहरणको रुपमा ग्रहण गर्न सके भने उनीहरुलाई दुःखले कहिल्यै छुँदैन पीडामा पनि जीवनको मुल्य बुझेर उनीहरु मुस्कुराइरहनेछन् ।

म टोलाइ रहे पारी किनारा सम्म हेर्दै । कालि निरन्तर बगिरहिन् अनि मलाई गिज्याइ रहिन् तिमीमा यति चेत छ बोल्न सक्ने आवाज छ, आफ्ना समस्या राख्ने खुवी छ, ल भन त तिमी किन यति सोेचमग्न जीवनमा जति वाधा व्यवधान आएपनि पन्छाएर अविरल मुस्कान सहित तिमी बगिरहु निरन्तर वगिरहु । कालीले मलाई आर्शिवाद दिइन् । अनि मैले अठोट लिए । आखिर जीवन निरन्तर बगिरहन्छ बगाइरहनु पर्छ । तर, आँसुमा पनि मुस्कान बोकेर कसरी बगिरहने भन्ने फैसला आफूले गर्ने हो ।

सन्दर्भ तिहारको बेलाको हो । तिहारको भाइटिकाको लागि म र वहिनी भैरहवासम्म बुद्ध एयरको प्लेन र त्यसपछि भैरहवाबाट ट्याक्सी लिएर पाल्पा पुगेका थियौं ।

आमाको ठूलो धोको थियो वर्षौदेखि लाखबत्ति बाल्ने । त्यसैले होला वरपर छर छिमेक र सबै दाजुभाइलाई लाखबत्तिको निम्तो दिदैं बस नै रिर्जभ गरेर रिडी पुग्ने योजना बनाउनु भएको रहेछ आमाले । विहानै सवेरै उठेर सबै काम सकेर हामी वस चढेर रिडी पुगेका थियौं । बाटोभरी कसैले गीत गायौं कसैले थपडी मा¥यौं । कसैले दुःख सुखका कुरा ग¥यौ । मनमनै सोचे सायद यो परिवार सबै एउटै र संयुक्त परिवार भइदिएको भए । एकअर्काको दुःख पीडामा साथ र हाँसोमा हाँसो मिलाउदै जीवन अगाडि बढाउन कति आनन्द हुन्थ्यो होला !

एकपटक त यो मनले कल्पना पनि ग¥यो “थापा कोलोनी” नाम राखेर सबै थापा परिवार संयुक्त रुपमा एकै ठाउँमा बस्दा कति रमाइलो हुन्थ्यो होला ? आमा, जेठी आमा, कान्छी आमा, फूलवारी कान्छी आमा र जेठी आमा अनि दाजु भाइहरु सँगै बस्न पाए कति रमाइलो हुन्थ्यो होला ? जेठी आमाका नाति नातिना, कान्छी आमाहरुका नातिनातिना सहित जमघट हुने चौतारी भइदिए कति रमाइलो हुन्थ्यो होला ? कसैलाई पनि पीडा र बिरहमा एक्लै बस्नु पर्थेन् । मन न हो, कल्पना गर्दै उड्यो कता कता । तर, हामीले कोसिस ग¥यौ भने ती कल्पना अनि सपना विपना अनि सच्चाइमा परिवर्तन हुन के बेर लाग्छ र !

भाइ वर्षको २–३ पटक दुवइबाट घरमा आएको भएपनि झण्डै १३ वर्षपछि तिहारको औसीका दिन बुबाको श्राद गर्ने चाँजो पाँचो मिलाउनु भएको रहेछ आमाले । रिडीको किनारमा बसेर श्राद ग¥यौं । बाबालाई अंजुलीमा गण्डकीको पानी भरेर अर्पण ग¥र्याै ।

जीवनका बाटोहरुमा यात्रा गर्दै जाँदा जो–जो सँग भावनात्मक तथा पारिवारीक सम्बन्ध गाँसिए तीनमा जो–जो परलोक भए, आफूले थाहा नपाए पनि तत्कालै श्रदान्जली दिन र आत्माको चिर शान्तिको कामना गर्न नसकेपनि सबैको नाममा फेरि जल अर्पण गरेर आफ्नो रित पुरा गरियो भन्ने लाग्यो । मनमनै लेखिका शारदा शर्माद्धारा लिखित कम्पनको चित्राङदाको सम्झना आयो चित्राङदाले भूकम्पमा परेर मरेपछि स्वर्गलोकको यात्रा गर्दा यमदूतहरुले बाटो पार गर्ने क्रममा भनेका थिए– तिम्रा आफन्तले तिमीलाई बाटो खर्च पठाएका छैनन्, अगाडि बढ्न सक्तीनौ र खान पाउँदीनौ ।

मनले त्यस्तै कल्पना ग¥यो, हाम्रा आफन्त साथीभाइ जो हामीबाट टाढा भए उनीहरु पनि त्यहि परिस्थितिमा पो छन की स्र्वगलोकको बाटोमा ? अंजुलीभरीको पानीले उनीहरुको आत्मा तृप्ति हुन्छ भने किन अर्पण नगर्ने भन्ने लाग्यो र सम्झिएर अंजुलीभरी गण्डकीको पानी उबाएर श्रदान्जली दिए ।

श्राद सकिनासाथ लाख बत्ति सल्काइयो । कान्छी फुपुले हरेराम गित गाउनु भयो, हामीले लाखबत्ति वरिपरी घुमेर हरेराम गायौं । लाखबत्तिहरु एकसुरमा बलिरहे नदीको गण्डकीको किनारमा । त्यसपछि हामी घरतिर फर्कियौं ।

आमाले बिहानै घरबाट पुरी, तरकारी, हलुवा, रोटीहरु बनाएर लैजानु भएको थियो । चौपारीमा बसेर सबैले बनभोज जसरी खायौ । रमाइलो ग¥यौ । पारिवारिक जमघट, श्राद, लाखबत्ति, बनभोज सबै एकैदिन सम्पन्न ग¥यौं । जे होस यो पटकको तिहारले यी सबै जुटाइ दियो । काली गण्डकीसँग अन्तरंग गर्ने मौका अनि उनले अझ संघर्ष गर्नु भनेर दिएको आर्शिवादले जीवनमा अझ संघर्ष गर्न सिकाएको छ । जीवनपथमा मुस्कुराउँदै अगाडि बढ्न सिकाएको छ ।


-->

काठमाडौं। पछिल्लो समय देशका केही ठाउँमा धार्मिक सद्भाव खल्बल्याउने छिट्पुट प्रवृत्ति देखापरेपछि उपप्रधानमन्त्री एवम्

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच गृहमन्त्रालयमा भएको वार्तापछि साँतबुदे सहमति भएको छ ।

टोरन्टो । भारतीय मूलका क्यानडाली शिखको हत्यामा भारतीय गुप्तचर संस्थाका कर्मचारीको संलग्नता रहेको विवरण

नयाँदिल्ली । एशियाली खेलकुद प्रतियोगितामा छनोट भएका तीनजना भारतीय खेलाडीलाई खेलस्थल हाङझाउ जाने अनुमति

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका केन्द्रीय सल्लाहकार खेमराज