Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

संविधान कार्यान्वयनमा भारत षडयन्त्र गर्दै : महासचिव पोखरेल



२२ कात्तिक, खोटाङ । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले संविधान कार्यान्वयनमा भारतले षडयन्त्र गरिरहेको बताउनुभएको छ ।

पार्टीको जनपरिचालन अभियानको आइतबार यहाँ उद्घाटन गर्दै उहाँले सुरुमा संविधान जारी गर्न नदिन चलखेल गरेको भारतले अहिले कार्यान्वयन गर्न नदिन षडयन्त्र गरिरहेको बताउनुभयो ।

छिमेकी राष्ट्र भारतले अहिले मैले भन्दा भन्दै संविधान जारी गर्ने ? अब कसरी लागू गर्छौँ हेरौँला भनेर इख साँचेर बसिरहेको पोखरेलको भनाइ थियो । “भारत नेपालमा संविधान जारी नहोस् भन्ने चाहन्थ्यो,” उहाँले भन्नुभयो, “नेपालमा जनताको संविधान जारी भएपछि उसको पेट पोलेको छ ।”

भारतले पछिल्लो अवस्थामा नेपालका पार्टी–पार्टीबीचको मेललाई फुटाउने खेल रचिरहेको पनि पोखरेलले आरोप लगाउनुभयो । “पार्टी–पार्टीबीचमा फुट ल्याउन सकेमा संविधान कार्यान्वयनमा कठिनाइ हुन्छ भन्ने भारतले बुझेको छ ।” उहाँले भन्नुभयो, “यसप्रति हामी सबै सचेत भएर एकै ठाउँ उभिनुपर्छ ।”

जिल्ला विकास समितिको सभाहलमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले संविधान कार्यान्वयन नभए चुनावसमेत नहुने ठोकुवा गर्नुभयो । “चुनाव नभए संसद रहँदैन”–पोखरेलले भन्नुभयो, “लोकतन्त्रलाई बचाएर लैजान पनि संविधानलाई कार्यान्वयन गरेर लैजानुपर्छ ।”

संविधानलाई असफल बनाउन एमालेभित्रै पनि फेसो ठोक्ने दाउमा भारत रहेकाले सबै कार्यकर्तालाई सचेत रहन पोखरेलले आग्रह गर्नुभयो । एमाले मात्रै नभएर काँग्रेस, माओवादीभित्र समेत भारतले चलखेल सुरु गरेको उहाँको दाबी छ ।

जनपरिचालन अभियानमा एमालेका सचिव भीम आचार्य, पूर्वसञ्चारमन्त्री शेरधन राई, सांसदद्वय विशाल भट्टराई र पाँचकर्ण राई (पिके) तथा युवा सङ्घ नेपालका उपाध्यक्ष रमेश पौडेललगायत सहभागी हुनुहुन्छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।