back
CTIZAN AD

संविधान कार्यान्वयनमा भारत षडयन्त्र गर्दै : महासचिव पोखरेल

वि.सं.२०७३ कात्तिक २२ सोमवार

921 

shares

२२ कात्तिक, खोटाङ । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले संविधान कार्यान्वयनमा भारतले षडयन्त्र गरिरहेको बताउनुभएको छ ।

पार्टीको जनपरिचालन अभियानको आइतबार यहाँ उद्घाटन गर्दै उहाँले सुरुमा संविधान जारी गर्न नदिन चलखेल गरेको भारतले अहिले कार्यान्वयन गर्न नदिन षडयन्त्र गरिरहेको बताउनुभयो ।

छिमेकी राष्ट्र भारतले अहिले मैले भन्दा भन्दै संविधान जारी गर्ने ? अब कसरी लागू गर्छौँ हेरौँला भनेर इख साँचेर बसिरहेको पोखरेलको भनाइ थियो । “भारत नेपालमा संविधान जारी नहोस् भन्ने चाहन्थ्यो,” उहाँले भन्नुभयो, “नेपालमा जनताको संविधान जारी भएपछि उसको पेट पोलेको छ ।”

भारतले पछिल्लो अवस्थामा नेपालका पार्टी–पार्टीबीचको मेललाई फुटाउने खेल रचिरहेको पनि पोखरेलले आरोप लगाउनुभयो । “पार्टी–पार्टीबीचमा फुट ल्याउन सकेमा संविधान कार्यान्वयनमा कठिनाइ हुन्छ भन्ने भारतले बुझेको छ ।” उहाँले भन्नुभयो, “यसप्रति हामी सबै सचेत भएर एकै ठाउँ उभिनुपर्छ ।”

जिल्ला विकास समितिको सभाहलमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले संविधान कार्यान्वयन नभए चुनावसमेत नहुने ठोकुवा गर्नुभयो । “चुनाव नभए संसद रहँदैन”–पोखरेलले भन्नुभयो, “लोकतन्त्रलाई बचाएर लैजान पनि संविधानलाई कार्यान्वयन गरेर लैजानुपर्छ ।”

संविधानलाई असफल बनाउन एमालेभित्रै पनि फेसो ठोक्ने दाउमा भारत रहेकाले सबै कार्यकर्तालाई सचेत रहन पोखरेलले आग्रह गर्नुभयो । एमाले मात्रै नभएर काँग्रेस, माओवादीभित्र समेत भारतले चलखेल सुरु गरेको उहाँको दाबी छ ।

जनपरिचालन अभियानमा एमालेका सचिव भीम आचार्य, पूर्वसञ्चारमन्त्री शेरधन राई, सांसदद्वय विशाल भट्टराई र पाँचकर्ण राई (पिके) तथा युवा सङ्घ नेपालका उपाध्यक्ष रमेश पौडेललगायत सहभागी हुनुहुन्छ । रासस

वि.सं.२०७३ कात्तिक २२ सोमवार ०३:२५ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

काठमाडौँ । सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश,...