back
CTIZAN AD

नवनियुक्त लेबनानी राष्ट्रपतिद्वारा भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धता

वि.सं.२०७३ कात्तिक २२ सोमवार

945 

shares

 २२ कात्तिक, बेरुत (लेबनान) । लेबनानका नवनियुक्त राष्ट्रपति मिसेल आवनले मुलुकलाई बलियो बनाउन यहाँ व्याप्त भ्रष्टाचारलाई अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रलाई बलियो पार्नका लागि सशक्त सरकारको निर्माण भई यसले निडरताका साथ देश विकासका योजना अगाडि ल्याउनुपर्ने र यसका लागि आफू मन, बचन र कर्मले लागिपर्ने प्रतिबद्धता राष्ट्रपतिले जनाउनुभएको छ ।

लेबनानको राजनीतिमा दशकौँदेखि नेतृत्वमा रहनुभएका ८३ वर्षीय आवनलाई गत सोमबार यहाँको संसदले निर्वाचित गरेको थियो ।

निर्वाचनपछिको पहिलो औपचारिक सम्बोधनमा राष्ट्रपति कार्यालय परिसर वाब्दामा जम्मा भएका हजारौँ समर्थक तथा शुभेच्छुकलाई देशमा कानुनी राजको महसुस हुने गरी आफ्नो नयाँ सरकारले काम गर्नेसमेत बताउनुभयो ।

करिब २९ महिनादेखि राष्ट्र प्रमुखविहीन रहेपछि निर्वाचित बनेका राष्ट्रपतिले आफूले निर्वाचित बनेपछि राष्ट्रले नयाँपन महसुस गरिसकेकोसमेत दाबी गर्नुभयो । एपी

वि.सं.२०७३ कात्तिक २२ सोमवार ०३:२८ मा प्रकाशित

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...