Logo
१४ आश्विन २०८०, आईतवार
     Sun Oct 1 2023
E-paper
  English Edition
   Unicode
Logo

नवनियुक्त लेबनानी राष्ट्रपतिद्वारा भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धता



 २२ कात्तिक, बेरुत (लेबनान) । लेबनानका नवनियुक्त राष्ट्रपति मिसेल आवनले मुलुकलाई बलियो बनाउन यहाँ व्याप्त भ्रष्टाचारलाई अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रलाई बलियो पार्नका लागि सशक्त सरकारको निर्माण भई यसले निडरताका साथ देश विकासका योजना अगाडि ल्याउनुपर्ने र यसका लागि आफू मन, बचन र कर्मले लागिपर्ने प्रतिबद्धता राष्ट्रपतिले जनाउनुभएको छ ।

लेबनानको राजनीतिमा दशकौँदेखि नेतृत्वमा रहनुभएका ८३ वर्षीय आवनलाई गत सोमबार यहाँको संसदले निर्वाचित गरेको थियो ।

निर्वाचनपछिको पहिलो औपचारिक सम्बोधनमा राष्ट्रपति कार्यालय परिसर वाब्दामा जम्मा भएका हजारौँ समर्थक तथा शुभेच्छुकलाई देशमा कानुनी राजको महसुस हुने गरी आफ्नो नयाँ सरकारले काम गर्नेसमेत बताउनुभयो ।

करिब २९ महिनादेखि राष्ट्र प्रमुखविहीन रहेपछि निर्वाचित बनेका राष्ट्रपतिले आफूले निर्वाचित बनेपछि राष्ट्रले नयाँपन महसुस गरिसकेकोसमेत दाबी गर्नुभयो । एपी


-->

बहराइन । गैरआवासीय नेपाली संघ९एनआरएन० का अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार शर्माले मध्यपूर्व सधैँ एनआरएनए चुनावमा

काठमाडौँ । एक सय वटा थुम्का मिलेर बनेको दोलखाको शैलुङमा ‘स्पार्क एड्भेञ्चर २०२३’ सम्पन्न

म्याड्रिड । स्पेनको एउटा नाइटक्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले

काठमाडौं । रिचेत जलविधुत कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन