Logo
१६ चैत्र २०७९, बिहीबार
     Thu Mar 30 2023
E-paper
  English Edition
   Unicode
Logo

सभापति देउवा मानार्थ विद्यावारिधिको उपाधिबाट सम्मानित, सम्मानित हुने देउवा पहिलो नेपाली



sherb deuba

२२ कात्तिक, काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधिबाट सम्मानित गरेको छ ।

नेहरू विश्वविद्यालयमा आइतबार आयोजित विशेष समारोहमा उपकुलपति प्रा जगदेशकुमारले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गर्नुभएको काँग्रेस पार्टी कार्यालयका सचिव प्रेम केसीले जानकारी दिनुभयो ।

यो उपाधिबाट सम्मानित हुने सभापति देउवा पहिलो नेपाली हुनुहुन्छ । यसअघि यो उपाधिबाट नोबेल पुरस्कार विजेता म्यान्मारकी प्रजातन्त्रवादी नेत्री आङ्सान सुकी र भारतका पूर्वराष्ट्रपति डा एपिजे अब्दुल कलाम सम्मानित भइसक्नुभएको छ ।

सभापति देउवालाई नेहरू विश्वविद्यालयले प्रदान गरेको यो सम्मानप्रति काँग्रेसले विज्ञप्तिमार्फत धन्यवाद व्यक्त गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सत्ता साझेदार दलहरूले मन्त्रालयको संख्यासँगै नाम पनि टुंग्याएका छन् । प्रधानमन्त्री पुष्पकमल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम