Logo
२६ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 9 2023
E-paper
  English Edition
   Unicode
Logo

माग सम्बोधन नभए आन्दोलनमा उत्रिने अध्यक्ष यादवको चेतावनी



Upendra-yadav

२२ कात्तिक, इनरुवा । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरूको माग सम्बोधन नभए आफूहरू आन्दोलनमा उत्रिने चेतावनी दिनुभएको छ ।

सुनसरीको लौकही गाविसमा समाजवादी विद्यार्थी फोरम नेपाल, सुनसरीले आइतबार आयोजना गरेको म्याराथन दौड तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहँुदै अध्यक्ष यादवले सो कुरा बताउनुभएको हो ।

सरकारले देखावटी प्रक्रियास्वरुप संविधान संशोधनको प्रक्रिया अघि बढाउने सङ्केत गरेकोतर्फ इङ्गित गर्नुहुँदै अध्यक्ष यादवले आफूहरूले उठाउँदै आएको माग सम्बोधन नभए आन्दोलनमा जानुको विकल्प नरहेको बताउनुभयो ।

अध्यक्ष यादवले सरकारले अघि बढाउन लागेको संविधान संशोधनको प्रक्रियाप्रति विश्वास गर्ने वातावरण बन्न नसकेको समेत बताउनुभयो । नेता यादवले दाहाल नेतृत्वको सरकारले छठलगत्तै संविधान संशोधन प्रक्रिया अघि बढाउने आश्वासन दिए पनि मधेसका मुद्दा सम्बोधन हुनेमा आफूहरू विश्वस्त नरहेको बताउनुभयो ।

म्याराथन दौड तथा शुभकामना आदानप्रदान कार्यक्रम समाजवादी विद्यार्थी फोरम नेपाल सुनसरीका अध्यक्ष मिथिलेश यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लन्डन । अध्ययनका लागि यूके आएको केही महिनामै बिरामी भएर निधन भएकी २१ वर्षीया