Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

निःशुल्क औषधिको सूचना बोर्डमा राख्न मन्त्रालयको निर्देशन



२२ कात्तिक, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले देशभरका जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीबाट उपलब्ध गराइने निःशुल्क अत्यावश्कीय औषधिको सूची सूचना बोर्डमा राख्न निर्देशन दिएको छ ।

मन्त्रालयले जिल्ला स्वास्थ्य कार्यालय र जनस्वास्थ्य कार्यालयलाई पत्र लेखी ती स्वास्थ्य संस्थाबाट निःशुल्क वितरण हुने जिल्ला अस्पतालबाट ७०, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ र स्वास्थ्य चौकीबाट ३५ प्रकारका औषधिको नाम सूचना बोर्डमा अङ्ग्रेजी र नेपाली दुवै भाषामा लेखी सर्वसाधारणको जानकारीका लागि राख्न निर्देशन दिएको हो ।

स्वास्थ्य सेवा विभागको प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखाले ती स्वास्थ्य संस्थालाई तुरुन्त फ्लेक्स बोर्ड बनाई राख्ने व्यवस्था गरी महाशाखालाई जानकारी गराउन भनी पत्र पठाएको छ ।

सरकारले उपलब्ध गराउने निःशुल्क औषधिकाबारेमा जानकारी नहँुदा सर्वसाधारण ठगिने गरेको गुनासो बढ्दै गएको छ । धेरै स्वास्थ्य केन्द्रमा निःशुल्क औषधि उपलब्ध नहुँदा बिरामीले निजी औषधि पसलबाट महङ्गो मूल्यमा औषधि किन्नुपरेको थियो ।

के–के औषधि निःशुल्क छन् भन्नेबारेमा जनतालाई सचेत गराई ठगिनबाट बचाउन सूचनाबोर्ड राख्नुपर्ने व्यवस्था गर्न लागिएको र नराख्ने स्वास्थ्य संस्थालाई कारबाही गरिने मन्त्रालयले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ