back
CTIZAN AD

निःशुल्क औषधिको सूचना बोर्डमा राख्न मन्त्रालयको निर्देशन

वि.सं.२०७३ कात्तिक २२ सोमवार

909 

shares

२२ कात्तिक, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले देशभरका जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीबाट उपलब्ध गराइने निःशुल्क अत्यावश्कीय औषधिको सूची सूचना बोर्डमा राख्न निर्देशन दिएको छ ।

मन्त्रालयले जिल्ला स्वास्थ्य कार्यालय र जनस्वास्थ्य कार्यालयलाई पत्र लेखी ती स्वास्थ्य संस्थाबाट निःशुल्क वितरण हुने जिल्ला अस्पतालबाट ७०, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ र स्वास्थ्य चौकीबाट ३५ प्रकारका औषधिको नाम सूचना बोर्डमा अङ्ग्रेजी र नेपाली दुवै भाषामा लेखी सर्वसाधारणको जानकारीका लागि राख्न निर्देशन दिएको हो ।

स्वास्थ्य सेवा विभागको प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखाले ती स्वास्थ्य संस्थालाई तुरुन्त फ्लेक्स बोर्ड बनाई राख्ने व्यवस्था गरी महाशाखालाई जानकारी गराउन भनी पत्र पठाएको छ ।

सरकारले उपलब्ध गराउने निःशुल्क औषधिकाबारेमा जानकारी नहँुदा सर्वसाधारण ठगिने गरेको गुनासो बढ्दै गएको छ । धेरै स्वास्थ्य केन्द्रमा निःशुल्क औषधि उपलब्ध नहुँदा बिरामीले निजी औषधि पसलबाट महङ्गो मूल्यमा औषधि किन्नुपरेको थियो ।

के–के औषधि निःशुल्क छन् भन्नेबारेमा जनतालाई सचेत गराई ठगिनबाट बचाउन सूचनाबोर्ड राख्नुपर्ने व्यवस्था गर्न लागिएको र नराख्ने स्वास्थ्य संस्थालाई कारबाही गरिने मन्त्रालयले जनाएको छ ।

वि.सं.२०७३ कात्तिक २२ सोमवार ०३:१७ मा प्रकाशित

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले बारा जिल्लामा बलात्कारपछि हत्या...

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद थप चर्किँदै गएपछि १५...

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मुस्ताङ भ्रमणलाई लिएर...

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता...