back
CTIZAN AD

व्यापक जनदवावपछि थवाङ स्वायत्त गाउँपालिका सिफारिस

वि.सं.२०७३ कात्तिक २२ सोमवार

1K 

shares

२२ कात्तिक, लिवाङ (रोल्पा) । व्यापक जनदबाबपछि थवाङ स्वायत्त गाउँपालिका सिफारिस हुने भएको छ । विगत तीन दिनदेखि थवाङवासीहरूले गरेको आन्दोलनका कारण थवाङलाई स्वायत्त गाउँपालिका सिफारिस गरिने भएको हो ।

आइतबार बिहान ७ बजेदेखि बसेको स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिको बैठक साँझ करिब ६ बजेमात्र टुङ्गिएको थियो । आयोगले नौवटा सङ्ख्या निर्धारण गरेको भएता पनि बैठकले रोल्पाका लागि १० वटा स्थानीय तहको सिफारिस गरी पठाउने निर्णय गरेको स्थानीय विकास अधिकारी सुशील वैद्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार पञ्चायतकालदेखि सशस्त्र द्वन्द्वको उद्गम थलोका रुपमा चर्चा, परिचर्चा पाएको ऐतिहासिकता र भौगोलिक विकटताको कारण थवाङलाई थप एक स्वायत्त गाउँपालिका माग गर्न बैठकमा सहमति भएको हो ।

बैठकमा थवाङलाई गाउँपालिका बनाउने विषयमा सबैको सहमति भएता पनि नेपाली काँग्रेस र राप्रपा नेपालले भने केही बुँदामा असहमतिका साथ निर्णय पुस्तिकामा हस्ताक्षर गरेका छन् ।

कार्यसर्त र कार्यविधिमा इलाकालाई मुख्य आधार मान्ने उल्लेख भएता पनि भइरहेको इलाकाको केन्द्र जुगारमा प्रस्तावित त्रिवेणी गाउँपालिकाको केन्द्र नराखेको भनी नेपाली काँग्रेसले असहमति जनाएको छ । राप्रपा नेपालले पनि जुगारमा र प्रस्तावित लुङ्ग्री गाउँपालिकाको केन्द्र गाजावाङमा नराखेको भनी असहमति जनाएको छ ।

बैठकले थवाङ स्वायत्त क्षेत्र, रोल्पा नगरपालिका केन्द्र लिवाङ, त्रिवेणी गाउँपालिका केन्द्र त्रिवेणी÷जुगार, रुन्टीगढी गाउँपालिका केन्द्र होलेरी, दुईखोली गाउँपालिका केन्द्र पुत्लाखोला, सुकीदह गाउँपालिका केन्द्र सुखाओडार, माडी गाउँपालिका केन्द्र घर्तीगाउँ, सुवर्णावती गाउँपालिका केन्द्र सुलिचौर, सुनछहरी गाउँपालिका केन्द्र पोवाङ र लुङ्ग्री गाउँपालिका केन्द्र बडाचौर गरी १० वटा सङ्ख्या सिफारिस गरी पठाउने भएको छ ।

समितिले सदरमुकाममा रहेको नगरपालिका लिवाङको नाम परिवर्तन गरी रोल्पा नगरपालिका नामाकरण गर्ने निर्णय गरेको जनाएको छ ।

थवाङलाई गाउँपालिका बनाउने सहमति भएपछि थवाङवासी घरघर फर्किसकेको आन्दोलन समितिका संयोजक जयप्रकाश रोकाले जानकारी दिनुभयो ।

वि.सं.२०७३ कात्तिक २२ सोमवार ०३:१५ मा प्रकाशित

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

काठमाडौँ । सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश,...

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको विकासको ढोका खुल्ने आशा गरिएको कञ्चनपुरको...

टी ट्वान्टी सिरिज : नेपाल ‘ए’ पहिला ब्याटिङ गर्दै

टी ट्वान्टी सिरिज : नेपाल ‘ए’ पहिला ब्याटिङ गर्दै

काठमाडौँ । अस्ट्रेलियाको डार्बिनमा आजदेखि सुरु भएको ‘टप इण्ड टि...

पुरानो पहिरोको पिरलो

पुरानो पहिरोको पिरलो

काठमाडौँ । उपत्यकाको चक्रपथ पार गरेपछि काठमाडौँको कोलाहल विस्तारै पछाडि...

गरिमा हत्या विरोधमा काँकरभिट्टामा र्याली

गरिमा हत्या विरोधमा काँकरभिट्टामा र्याली

झापा । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा...

तेमाल बृहत् खानेपानी आयोजनाः पाँच वर्ष लम्बियो, अझै अनिश्चित

तेमाल बृहत् खानेपानी आयोजनाः पाँच वर्ष लम्बियो, अझै अनिश्चित

काभ्रेपलाञ्चोक । एघार वर्ष पूरा हुँदासम्म तेमाल बृहत् खानेपानी आयोजना...