back
CTIZAN AD

अमेरिकामा कार दुर्घटनामा परि एकै परिवारका ४ नेपालीको मृत्यु

वि.सं.२०७३ कात्तिक २२ सोमवार

1.4K 

shares

car-accidentअमेरिका। अमेरिकाको जर्जिया राज्यको एटलान्टाको ग्रामिण क्षेत्र जेफर्सन काउन्टीमा कार दुर्घटना परि गत शुक्रबार नोवेम्बर ४ तारिख घटनास्थल मै चार जना नेपालीको दुखद निधन भएको खबर छ ।

उक्त कारमा सवारी ६ जना मध्ये २ जनाको स्थानीय अस्पतालमा उपचार भै रहेको जानकारी जर्जिया जेफर्सन काउन्टीका  समीक्षकले दिएका छन्  । पारिवारिक सुत्र अनुसार उक्त दुर्घटना परि निधन हुनेहरुमा गुल्मी घर भई हाल काठमान्डौ अनामनगर बस्नु हुने चिरन्जीबी खनाल ,वहाकि की पत्नी तथा दुई बुहारीको घटनास्थल मै मृत्यु भएको खबर छ  िपछाडी बस्ने चार जना सबै जनाको मृत्यु भएको बुझिएको छ  िगाडीको अगाडी बस्ने सवार हुने समिर खनाल तथा सुबाश खनाल घाइते भएका छन् तर खतरा मुक्त भएको जानकारी प्राप्त भएको छ ।

गाडीको पछाडी बस्ने पिता चिरन्जीवी खनाल तथा वहाकी धर्म पत्नी श्यामा खनाल ,बुहारी रिचा खनाल पन्त तथा समिरकि प्रेमिकाको मृत्यु भएको छ  िमृत्यु हुने उक्त परिवारले यस बर्षको तिहार भर्जिनियामा मनाएको कुरा भर्जिनियामा बसोबास गर्ने आफन्तले बताएका छन् । लक्ष्मी पूजाको दिन आफु संग बिताएको जानकारी नाम उल्लेख नगर्न आग्रह गर्दै उक्त जानकारी दिएका हुन्। उनले प्रहरीको सम्पूर्ण बिबरण आए पछि अन्य थप जानकारी दिने बताए

निसान अल्टिमा नामक कारमा सवार गरि रहेका उक्त गाडी दुर्घटना करिब शुक्रबार राति ९ बजे घट्न पुगेको हो भने २९६ नामक जर्जिया राजमार्ग को उत्तर तर्फ गइ रहेको अवस्थामा ८८ राजमार्गमा रोक्नु पर्ने स्थानमा भीमकाय १८ पाङ्ग्रे ठुलो माल बाहक गाडी संग ठोकिन पुगेको थियो ।

प्रत्यक्षदर्सी अनुसार अचानक कार देख्दा बचाउने कोसिस गर्दा गर्दै घटना देखेको बताएका छन्  िमाल बाहक ९ट्रक ०चालक त्यहि स्थानीय स्यानडर्सभिलको टेनीमा संचालित प्रतिष्ठानमा काम गर्छन भने उनलाई सामान्य चोट लागेको छ  िदुर्घटना ८८ राजमार्ग तथा २९६ राजमार्गको बीचमा भएको हो ।

मृत शरीरलाई एटलान्टाको अपराध प्रयोगशालामा राखिएको छ भने दुर्घटनाको कारण मध्यपान हो कि हैन भन्ने अहिले सम्म पुष्टि नभएको प्रहरीले जनाएको छ । पारिवारिक श्रोत अनुसार मृतक चिरन्जीबी खनाल नेपालमा सरकारी जागिर को निवृतिभरण प्राप्त गरि अमेरिका घुम्न आएका बुझिएको छ।

वि.सं.२०७३ कात्तिक २२ सोमवार ०२:५९ मा प्रकाशित

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...