१० चैत, काठमाडौ । गुल्मी उद्योग वाणिज्य संघको निर्वाचनमा वामपन्थी समुहलाई पराजीत गर्र्दै नेपाली कांग्रेस सर्मर्थीत समुह प्यानलमै वीजयी बनेको छ । प्रजातान्त्रीक प्यानलका श्रीप्रसाद भलामीले वामपन्थी प्यानलका दुर्गा प्रसाद पाण्डेलाई १ सय ३७ मत अन्तरले पराजीत गरेका छन् ।
२०५५ सालदेखि उद्योग वाणिज्य संघमा सक्रिय भलामी नेपाली कांग्रेस गुल्मीका जिल्ला सदस्य तथा महाधिवेशन प्रतिनिधि समेत हुन । निर्वाचनमा भलामीले ३ सय ४ मत प्राप्त गरेका थिए भने वामपन्थी समुहका पाण्डेले १ सय ६७ मत मात्रै पाएका थिए ।
यस्तै अन्य पदाधिकारी तथा सदस्यमा पनि भलामीकै प्यानलका उमेदवार वीजयी भएको निर्वाचन अधिकृत गणेश खत्रीले जानकारी दिएका छन् ।
वि.सं.२०७५ चैत १० आइतवार १२:५४ मा प्रकाशित





























