back
CTIZAN AD

गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्छः उपप्रधानमन्त्री यादव

वि.सं.२०७५ चैत १० आइतवार

618 

shares

१० चैत, पोखरा ।  उपप्रधान एवम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्दै बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा आज एमआरआई सेवाको उद्घाटन गर्दै उनले विद्यमान सिमित आर्थिक स्रोत एवम् जनशक्तिलाई क्रमशः बढाउँदै लगिने बताए ।

उपप्रधानमन्त्री यादवले स्वास्थ्य क्षेत्रमा कुल बजेटको चार दशमलव चार प्रतिशत मात्र छुट्याइएको उल्लेख गर्दै कर्मचारीको तलब भत्तामा मात्रै चार प्रतिशत खर्च हुने भएकाले पूर्वाधार विकासमा अपेक्षित काम हुन नसकेको बताए ।

वर्षौ अघि देखिको भौतिक पूर्वाधार एवम् जनशक्तिले अहिलेको माग धान्न नसक्ने भएकाले मागअनुरुपको उचित व्यवस्थापन आवश्यक रहेको बताउँदै उनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान यस क्षेत्रको मात्र नभई राष्ट्रकै गौरव गर्न लायक संस्थाको रुपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा बुद्धिबहादुर थापाले प्रतिष्ठानले गुणस्तरीय चिकित्सा शिक्षा एवम् स्वास्थ्य सेवाका लागि पूर्वाधार विकास लगायतका कामलाई प्राथमिकताका साथ अघि बढाएको बताए ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा अर्जुन आचार्यले नौ लाख ६६ हजार अमेरिकी डलरको लागतमा एमआरआई मेशिन जडान गरिएको बताए ।

वि.सं.२०७५ चैत १० आइतवार १४:२३ मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...