back
CTIZAN AD

अस्पताल बनाउन १० करोड संकलन

वि.सं.२०७५ चैत १० आइतवार

753 

shares

१० चैत, सोलुखुम्बु । सामुदायिक अस्पताल निर्माणका लागि आयोजित श्रीमतभागवत् ज्ञान महायज्ञमा रु १० करोड भन्दाबढी रकम सङ्कलन भएको छ ।

विकट गाउँ मुक्लिमा सुविधासम्पन्न अस्पताल निर्माण गर्ने उद्देश्यले आयोजित महायज्ञमा रु १० करोड ७७ लाख ४२ हजार ६५८ सङ्कलन भएको हो । कतिपय दाताले नगद तथा चेक प्रदान गरेका गरेका थिए भने धेरैले तोकिएबमोजिमको रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए ।

थुलुङ दूधकोशी गाउँपालिकाको केन्द्र मुक्लिमा निर्माण गरिने शैथ्याको दूधकोशी सामुदायिक अस्पताल निर्माणका लागि चैत २ देखि ९ सम्म सञ्चालित महायज्ञमा रु ९३ लाख खर्च भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।

महायज्ञबाट रु २० करोड सङ्कलन गर्ने गाउँपालिकाको लक्ष्य ५० प्रतिशत पूरा भए पनि सहयोग सङ्कलन अभियान निरन्तर रहने जनाइएको छ । यस गाउँपालिकाका थुलुङराईको बाहुल्यता भएकाले गाउँपालिकाको नामकरण समेत थुलुङदूधकोशी गरिएको बताइन्छ । भ्याण्टिलेटरसहितको अस्पताल निर्माणका लागि महाअभियान थालिएको भन्दै यहाँका सम्पूर्ण जातजातीले उत्साहजनक सहभागिता जनाएको महायज्ञ मूलआयोजक समितिका कोषाअध्यक्ष बलराम गुरुङले जानकारी दिए ।

सामाजिक सद्भाव वृद्धि

सोलुखुम्बु प्रतिनिधिसभा सदस्य हेमकुमार राई ‘सुरवीर’ले महायज्ञले सामाजिक सद्भाव वृद्धि गरेको बताए । उनले अस्पताल सञ्चालमा आएपछि हुनेखाने वर्गलाईनै बढी फाइदा हुने बताए ।

गाउँपालिका अध्यक्ष असिम राईले दुई वर्षको योजना भए पनि निर्धारित समय अगाडि नै योजना सम्पन्न गरिने जिकिर गरे ।

चैत २ गते नेपाल सरकारका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले शिलान्यास गरेको सो अस्पताल निर्माणका लागि करीब २३ रोपनी जग्गा निःशुल्क प्राप्त भएको थियो । महायज्ञमा पण्डित दिनबन्दु पोखरेलले कथावाचन गरेका थिए ।

जिल्लामा एक अस्पताल, २ प्राथमिक स्वास्थ्य केन्द्रसहित अन्य दुई दर्जन बढी स्वास्थ्य केन्द्र भएपनि यहाँ जटिल प्रकृतिको रोगको उपचार गर्न लाखांै खर्च गरेर जिल्ला बाहिर जानुपर्ने बाध्यता छ ।

वि.सं.२०७५ चैत १० आइतवार १६:५० मा प्रकाशित

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...