back

फोटोपत्रकारलाई १५ विधामा पुरस्कृत गर्ने पत्रकार समूहको घोषणा

वि.सं.२०७५ चैत १४ बिहीवार

42 

shares

१४ चैत, काठमाडौ । राष्ट्रिय फोटो पत्रकार समूह आफ्नो स्थापनाको २२ औं वर्षगाँठको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । वार्षिकोत्सवका क्रममा समूहले वैशाख १३ गते काठमाडौंमा विशेष समारोह गर्ने भएको छ ।
समूहले नयाँ युवा फोटोपत्रकारलाई १५ विधामा सम्मान गर्ने जानकारी गराएको हो । समारोहमा अग्रज फोटो पत्रकारहरुलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको समूहले जनाएको छ । अवार्डको नाम ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७५’ राखिएको बुधबार काठमाडौं आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

समूहले लाइफ टाइम एचिभमेन्ट अवार्डका लागि ५० हजार प्रदान गर्ने निर्णय गरेको छ । त्यसैगरि दैनिक गतिविधिका फोटो खिच्ने पत्रकारका लागि दैनिकजीवन फोटोपत्रकारिता विधा पुरस्कार, उत्कृष्ट फोटो पत्रकारिता पुरस्कार, महिला फोटोपत्रकारिता पुरस्कारको पनि घोषणा गरिएको छ ।
सम्मानका अन्य विधाहरुमा, पर्यटन तथा संस्कृति फोटोपत्रकारिता पुरस्कार, आर्थिक फोटोपत्रकारिता पुरस्कार, राजनीतिक फोटोपत्रकारिता पुरस्कार, मनोरञ्जन फोटो पत्रकारिता पुरस्कार रहेका छन् । त्यस्तै सात वटै प्रदेशबाट एक÷एक जना उत्कृष्ट फोटो पत्रकारलाई सम्मान गर्ने कार्यक्रम रहेको समूहले जनाएको छ ।

पूराना फोटो पत्रकार हरिगोपाल प्रधानको नाममा स्थापित सम्मानलाई यस वर्ष वैशाख १३ गते विषेश अवार्ड समारोहमा वितरण गरिने आयोजकले जनाएको छ । समूहले अवार्डमा सहभागिताका लागि सम्मानका लागि ७ बुंदे नियमसमेत सार्वजनिक गरेको छ ।

विभिन्न छापा तथा अनलाइन माध्यममा कार्यरतफोटो सम्पादकहरु मध्येबाट एकजनाबरिष्ठ फोटो पत्रकारमध्येबाट एकजना, एनएफपीजेका अध्यक्ष र कार्यक्रम संयोजक लगायतका बढीमा ५ जनाको छनौट समितिले पुरस्कारबारे अन्तिम निर्णय लिने समूहका महासचिव प्रदीपराज वन्तले जानकारी दिए ।

वि.सं.२०७५ चैत १४ बिहीवार ११:५७ मा प्रकाशित

बिवाहमा गएका अधिकारीको कुटपिटबाट मृत्यु, सातजना पक्राउ

बिवाहमा गएका अधिकारीको कुटपिटबाट मृत्यु, सातजना पक्राउ

सुदूरपश्चिम । कैलालीको लम्कीचुहा नगरपालिका–९ घोराघाट गाउँमा भएको विवाह समारोहमा...

फलफूल खेतीबाट राम्रो आम्दानी गर्दै पूर्व शिक्षक, वार्षिक रु ३५ लाख आम्दानी गर्दै

फलफूल खेतीबाट राम्रो आम्दानी गर्दै पूर्व शिक्षक, वार्षिक रु ३५ लाख आम्दानी गर्दै

चौतारा । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–५ सिन्धुकोटका ५९ वर्षीय पूर्व शिक्षक...

ठेकेदारले निर्माण सम्पन्न नगरेपछि वडाअध्यक्षकै अगुवाइमा बाटो अवरुद्ध

ठेकेदारले निर्माण सम्पन्न नगरेपछि वडाअध्यक्षकै अगुवाइमा बाटो अवरुद्ध

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा पर्ने मनमोहन गान्धी मार्ग...

बुटवलमा सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा कुटिए

बुटवलमा सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा कुटिए

लुम्बिनी । अस्पतालमा सुत्केरी गराएकी एक महिलाको मृत्युको विषयलाई लिएर...

सिफारिसकाे आधारमा निजी अस्पतालद्वारा निःशुल्क उपचार गरिने

सिफारिसकाे आधारमा निजी अस्पतालद्वारा निःशुल्क उपचार गरिने

गोदावरी (कैलाली) । कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित निजी अस्पतालले...

भूकम्पपीडित चिसोमा काप्दै , क्षतिको विवरण अझै सङ्कलन भएन

भूकम्पपीडित चिसोमा काप्दै , क्षतिको विवरण अझै सङ्कलन भएन

जाजरकोट । कात्तिक १७ गते गएको भूकम्पबाट घरबार गुमाएका सर्वसाधारणले...