back
CTIZAN AD

फोटोपत्रकारलाई १५ विधामा पुरस्कृत गर्ने पत्रकार समूहको घोषणा

वि.सं.२०७५ चैत १४ बिहीवार

771 

shares

१४ चैत, काठमाडौ । राष्ट्रिय फोटो पत्रकार समूह आफ्नो स्थापनाको २२ औं वर्षगाँठको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । वार्षिकोत्सवका क्रममा समूहले वैशाख १३ गते काठमाडौंमा विशेष समारोह गर्ने भएको छ ।
समूहले नयाँ युवा फोटोपत्रकारलाई १५ विधामा सम्मान गर्ने जानकारी गराएको हो । समारोहमा अग्रज फोटो पत्रकारहरुलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको समूहले जनाएको छ । अवार्डको नाम ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७५’ राखिएको बुधबार काठमाडौं आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

समूहले लाइफ टाइम एचिभमेन्ट अवार्डका लागि ५० हजार प्रदान गर्ने निर्णय गरेको छ । त्यसैगरि दैनिक गतिविधिका फोटो खिच्ने पत्रकारका लागि दैनिकजीवन फोटोपत्रकारिता विधा पुरस्कार, उत्कृष्ट फोटो पत्रकारिता पुरस्कार, महिला फोटोपत्रकारिता पुरस्कारको पनि घोषणा गरिएको छ ।
सम्मानका अन्य विधाहरुमा, पर्यटन तथा संस्कृति फोटोपत्रकारिता पुरस्कार, आर्थिक फोटोपत्रकारिता पुरस्कार, राजनीतिक फोटोपत्रकारिता पुरस्कार, मनोरञ्जन फोटो पत्रकारिता पुरस्कार रहेका छन् । त्यस्तै सात वटै प्रदेशबाट एक÷एक जना उत्कृष्ट फोटो पत्रकारलाई सम्मान गर्ने कार्यक्रम रहेको समूहले जनाएको छ ।

पूराना फोटो पत्रकार हरिगोपाल प्रधानको नाममा स्थापित सम्मानलाई यस वर्ष वैशाख १३ गते विषेश अवार्ड समारोहमा वितरण गरिने आयोजकले जनाएको छ । समूहले अवार्डमा सहभागिताका लागि सम्मानका लागि ७ बुंदे नियमसमेत सार्वजनिक गरेको छ ।

विभिन्न छापा तथा अनलाइन माध्यममा कार्यरतफोटो सम्पादकहरु मध्येबाट एकजनाबरिष्ठ फोटो पत्रकारमध्येबाट एकजना, एनएफपीजेका अध्यक्ष र कार्यक्रम संयोजक लगायतका बढीमा ५ जनाको छनौट समितिले पुरस्कारबारे अन्तिम निर्णय लिने समूहका महासचिव प्रदीपराज वन्तले जानकारी दिए ।

वि.सं.२०७५ चैत १४ बिहीवार ११:५७ मा प्रकाशित

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...