back

अन्योलमा राष्ट्रिय खेल भलिबलको भविष्य

वि.सं.२०७५ चैत १४ बिहीवार

219 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

१४ चैत, काठमाडौ ।  राष्ट्रिय खेलको रूपमा मान्यता पाएको दुई वर्ष नपुग्दै भलिबल खेल अब राष्ट्रिय खेल हुने नहुनेमा अन्योल सिर्जना भएको छ । हालै युवा तथा खेलकूद मन्त्रालयले तयार गरी राष्ट्रियसभामा दर्ता भएको खेलकूदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा राष्ट्रिय खेल भलिबलका बारेमा स्पष्ट व्यवस्था नुहँदा राष्ट्रिय खेलको भविष्य अन्योलमा परेको हो ।

विसं २०७४ जेठ ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको थियो । नेपालको भौगोलिक विकटता, अन्य खेलको तुलनामा थोरै लगानी र मुलुकभर व्यापक पहुँचका आधारमा भलिबललाई त्यतिबेला राष्ट्रिय खेल बनाउने पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले गरेको थियो ।

अहिले खेलकूद ऐन परिमार्जनको अवस्थामा रहेको र प्रस्तावित विधेयकमा यसबारे स्पष्ट उल्लेख नभएका कारण राष्ट्रिय खेलको मान्यता अन्योलमा परेको हो । प्रस्तावित विधेयकको परिच्छेद–८ को उपधारा २९ मा नेपाल सरकारले राष्ट्रिय खेलकूद परिषद्को सिफारिसमा नेपालको राष्ट्रिय खेल घोषणा गर्ने उल्लेख गरिएको छ । तर अहिले भलिबल नै राष्ट्रिय खेलको रूपमा रहेको छ । यस्तो अवस्थामा यस बुँदाले अन्योल सिर्जना गरेको छ ।

नेपाल भलिबल सङ्घले राष्ट्रिय खेल भलिबल नै रहेको र उक्त बुँदा परिमार्जन गरी नेपालको राष्ट्रिय खेल भलिबल नै राख्न माग गर्दै विभिन्न तहमा ज्ञापनपत्र बुझाएको छ । सङ्घले शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्ती, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै राष्ट्रिय खेल भलिबलबारे विधेयकमा देखिएको अन्योल हटाउन माग गरेको छ ।

नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले भलिबलले राष्ट्रिय खेलको मान्यता पाइसकेको अवस्थामा विधेयकमा यसबारे स्पष्ट व्यवस्था गरी अगाडि बढ्नुपर्ने बताए । “हामीले सम्बन्धित सबै निकायमा ज्ञापनपत्र बुझाएका छौँ, उनीहरुले विधेयकमा संशोधन गरिने आश्वासन दिएका छन्”, उनले भने ।

राष्ट्रिय खेल भनेको देशको पहिचान भएकाले यसलाई मेटाउन नहुने बताउछन् भलिबलका प्रशिक्षक जगदीश भट्ट । “विधेयक तर्जुमा गर्दा केही कमजोरी भएको छ, कमजोरी हटाइ राष्ट्रिय खेलबारे ऐनले नै संरक्षण गर्नुपर्छ”, उनले भने ।

तत्कालीन अवस्थामा युवा तथा खेलकुद मन्त्रालयको सुझावका आधारमा सरकारले भलिबललाई राष्ट्रिय खेलको रूपमा मान्यता दिएको तत्कालीन युवा तथा खेलकूदमन्त्री दलजित श्रीपालीले बताए । मन्त्रालयले चार वर्ष अघि देखि कुन खेललाई राष्ट्रिय खेल बनाउने भन्ने विषयमा सुझाव समेत सङ्कलन गरेको थियो ।

भौगोलिक पहुँच, जिल्ला खेल सङ्घहरुको अवस्था, देशमा सबैभन्दा बढी खेलिने खेलको रूपमा त्यतिबेला सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको थियो । भलिबलको अहिले ७७ वटै जिल्लामा जिल्ला सङ्घ रहेका छन् । नेपाल भलिबल सङ्घको दानबहादुर तामाङको नेतृत्वमा रहेको कार्यसमितिले भलिबललाई राष्ट्रिय खेल बनाइनुपर्ने मागसहित देशव्यापी हस्ताक्षर सङ्कलनसमेत गरी सरकारलाई सुझाव दिएको थियो ।

वि.सं.२०७५ चैत १४ बिहीवार १२:३४ मा प्रकाशित

नेपालले टस जित्दै पहिला ‘फिल्डिङ’ गर्ने निर्णय लियो

नेपालले टस जित्दै पहिला ‘फिल्डिङ’ गर्ने निर्णय लियो

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध...

नेपाल ‘वाफ च्याम्पियनसिप’को फाइनलमा प्रवेश, उपाधिका लागि जोर्डनसँगको भिड्ने

नेपाल ‘वाफ च्याम्पियनसिप’को फाइनलमा प्रवेश, उपाधिका लागि जोर्डनसँगको भिड्ने

काठमाडौँ । साउदी अरेबियामा भएको वेष्ट एसियन फुटबल महासङ्घ (वाफ)...

२० रनले नेपाल नामिबियासँग पराजित

२० रनले नेपाल नामिबियासँग पराजित

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङ्खलाको पहिलो खेलमा नेपाल...

नेपालले पायो दुई सय सात रनको बलियो लक्ष्य

नेपालले पायो दुई सय सात रनको बलियो लक्ष्य

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङ्खलाको पहिलो खेलमा नामिबियाले...

क्यानले तोक्यो ‘ए’ ग्रेडको खोलाडीलाई मासिक तलब एक लाख, अन्य ग्रेडलाई कति ?

क्यानले तोक्यो ‘ए’ ग्रेडको खोलाडीलाई मासिक तलब एक लाख, अन्य ग्रेडलाई कति ?

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले ‘ए’ ग्रेड मा...

राष्ट्रिय महिला हक्की प्रतियोगिता आजदेखि

राष्ट्रिय महिला हक्की प्रतियोगिता आजदेखि

धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं ५ महेन्द्रनगरस्थित क्षीरेश्वर...