back
CTIZAN AD

आजपनि मेघ गर्जनसहित पानी पर्ने, यस्तो छ तीन दिनको मौसमको अवस्था

वि.सं.२०७५ चैत १७ आइतवार

729 

shares

 

Getty images

१७ चैत, जल तथा मौसम विभाग विज्ञानले अझै केही दिन देशका पूर्वी र मध्यभागमा समान्य वदली भइ मेघ गर्जन सहित केही समि वर्षा हुने जनाएको छ ।

त्यस्तै विभागले केही हिमाली जिल्लामा हिमपातको संभावना रहेको पनि जनाएको छ ।

यस्तो छ विभागले आइतबार जारी गरेको सूचना
आज दिउँसोः पूर्वी र मध्य भू–भागहरुमा सामान्य बदली रहनेछ भने बाँकी भू–भागहरुको मौसम आंशिक बदलि रहनेछ । पूर्वी भू–भागहरुका धेरै तथा मध्य र पश्चिमी भू–भागहरुका केहि स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ । हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना छ ।

राति ः पूर्वी भेगमा सामान्य बदली रहनेछ भने बाँकी भू–भागहरुको मौसम आंशिक बदलि रहनेछ । देशका पूर्वी भेगका केही स्थानहरु तथा मध्य र पश्चिमी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ ।

चैत्र १८ गते (सोमबार)
दिउँसोः देशको पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी भू–भागहरुको मौसम आंशिक बदली रहनेछ । देशको पहाडी भेगको केहि स्थानहरुमा र तराई भेगको १९२ स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ । हिमाली भेगका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको संभावना छ ।
राति ः देशभर आंशिक देखी सामान्य बदली रहनेछ । पूर्वी र मध्य भू–भागहरुका थोरै र पश्चिमी भू–भागहरुका १९२ स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ । हिमाली भेगका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना छ ।

चैत्र १९ गते (मंगलबार)
दिउँसोः देशको पहाडी भू–भागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भेगको थोरै स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ ।

राति : देशको पहाडी भू–भागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भेगको १९२ स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ ।

वि.सं.२०७५ चैत १७ आइतवार १०:३१ मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...