back
CTIZAN AD

हेल्लो सरकारको ध्यानाकर्षण गराउँदै सिइओ ज्ञवालाी

वि.सं.२०७५ चैत २४ आइतवार

705 

shares

ज्योति विकास बैंकको सिइओ मनोज ज्ञवाली देशको अबश्था बारे भन्दै सामाजिक सञ्जाल फेसबुकमा सरकारको ध्यानाकर्षण गराएका छन् । सडकको दुरावस्था र अस्पतालमा बिरामीको भिडको तस्विर समेत राखेर उनले लेखेका छन् –

“सिभिल अस्पतालमा उपचार गर्नुपर्ने भनि आमा आमा बिहानै निस्कँदा डाक्टर साहबहरुको हड्ताल भएको थाहा पाएपछि तुरुन्ती ग्राण्डि इन्टरनेशनल अस्पतालमा नाम लेखाएँ । अस्पतालले ‘८ बजे आईहाल्नुस है’ भनेपछि हतार हतार ग्राण्डि तिर लागे । तर ग्राण्डि, टोखा जाने मुल बाटो मै ढलका पाईपहरु यत्रतत्र फालेर पुरै बाटो बन्द थियो । जसका कारण गाडि फर्काउनुको बिकल्प थिएन । गाडि धापासी हुँदै ग्राण्डिमा पुग्दा ८ बजेको थियो तर नौ बज्न लाग्दा समेत डाक्टरको अत्तो पत्तो छैन। न कति बजे आउने जानकारी छ काउण्टरमा। काउण्टरमा सब कराउँदै छन । ९ बजे बोलाको खै त डाक्टर, ? काउण्टरको स्टाफ हस्याङफस्याङ के जवाफ दिनु खै को स्थितीमा छन् । न समयको महत्व न जिम्मेवारीको अनुभुति अनी फेरी अस्ती मात्रै ताङ न तुङको एउटा हेल्लो सरकार मा टिव्ट मार्फत गरेको बेठेगाने टेस्ट अर्थ मन्त्रालय, राष्ट्र बैक हुँदै पत्र आफू कहां पुगेको र पत्रानुसार गराएको दौडधुप सम्झिएँ।”

उनले हेल्लो सरकार भनि सम्बोधन गर्दै भनेका छन् –

“सरकारी डाक्टर हडतालमा बसेर बिरामी हेर्दैनन। ठेकेदारहरुले बाटो रोक्छन् समयमा काम गर्दैनन अनी थपेर पैसा पाउछन।कोई जिम्मेवार भएनन लौ न। रेल र पानी जहाज ल्याउदै गरुला, महानगर र राजधानी कै खाल्डाखुल्डि मै पानी जहाज झै गाडि गुडाउन बाट मुक्ति मिलोस, हेल्लो सरकार बजेट खर्च नभएर तरलता अभाब यता बाटो यस्तो लौ न।

हामी हरेक नागरिक न आफ्नो कर्तव्य सम्झिन्छौ न जिम्मेवारी अनी सरकारलाई धारेहात मात्रै लाएर समृद्दि खोज्छौ। सरकार नी सपना देखेर अनी सपनै देखाउनमा मस्त।लुट्न सके लुट कान्छा गीत ठिकै थियो त, किन बन्द गराको होला। जय देश।”

वि.सं.२०७५ चैत २४ आइतवार १०:२८ मा प्रकाशित

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...