back

जापानका प्रधानमन्त्रीले अमेरिका, फ्रान्स र क्यानाडाको भ्रमण गर्ने

वि.सं.२०७५ चैत २५ सोमवार

30 

shares

२५ चैत, टोकियो ।  जापानका प्रधानमन्त्री शिन्जो आबेले यसै महिना संयुक्तराज्य अमेरिका, क्यानाडा र फ्रान्सको भ्रमण गर्ने भएका छन् । जापानले यसै वर्ष औद्योगिक राष्ट्रहरुको समूह ९जी–२०० को बैठक गर्दैछ ।

आगामी अप्रिल २२ देखि २९ सम्म हुने यस भ्रमणका क्रममा प्रधानमन्त्री आबेले इटाली, बेल्जियम र स्लोभाकियाको पनि संक्षिप्त भ्रमण गर्नुहुने जापानको विदेश मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा उनले अमेरिका र जापानबीचको व्यापारका बारेमा पनि छलफल हुनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीचको असन्तुलित व्यापारलाई सही मार्गमा ल्याउन द्वीपक्षीय सम्झौता गर्न चाहेका छन् । उनले वार्तामा कुनै सहमति नजुटे जापानी कारहरुमा करबृद्धि गर्ने चेतावनी दिइसकेका छन् ।

प्रधानमन्त्री आबेले जापानको ओशाकामा हुने जी–२० सम्मेलनलाई सफल बनाउन भ्रमण गर्न लागेको बताए । यो सम्मेलन आगामी जुन २८ र २९ तारिखमा हुँदैछ ।

ट्रम्पले पनि आगामी मे मा जापानको भ्रमण गर्ने सम्भावना रहेको छ । आगामी मे १ तारिखमा जापानमा नयाँ सम्राट नारुहितोले राजगद्दी ग्रहण गर्दै छन् ।

वि.सं.२०७५ चैत २५ सोमवार १३:५४ मा प्रकाशित

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

काठमाडौँ । नेपाल हेर्ने इन्डोनेशियाको ढाकास्थित दुतावासले नेपालबाट इन्डोनेशिया प्रवेश...

गाजाबाट थप १२ बन्धक रिहा

गाजाबाट थप १२ बन्धक रिहा

गाजापट्टी (प्यालेस्टिनी अधिनस्थ क्षेत्र) । प्यालेस्टिनी बन्दीहरूको बदलामा थप बन्धक...

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजा,जेरुसेलम । विद्यमान इजराइल–हमास मानवीय युद्धविरामलाई अगाडि बढाउन मध्यस्थता प्रयासलाई...

बङ्गलादेशमा ‘हिंसात्मक’ कारवाहीमा हजारौँ मानिस पक्राउ

बङ्गलादेशमा ‘हिंसात्मक’ कारवाहीमा हजारौँ मानिस पक्राउ

ढाका । बङ्गलादेश सरकारले आम निर्वाचनअघि ‘प्रतिस्पर्धा हटाउन’ का लागि...

विश्व बैंकद्वारा कम्बोडियाका लागि १६ करोड ३० लाख डलर सहयोग स्वीकृत

विश्व बैंकद्वारा कम्बोडियाका लागि १६ करोड ३० लाख डलर सहयोग स्वीकृत

नोम पेन्ह । विश्व बैंकले कम्बोडियाका चार प्रान्तमा पानी आपूर्ति...

इजराइल–हमास युद्धविराम र बन्धक रिहाइमा ढिलाइ

इजराइल–हमास युद्धविराम र बन्धक रिहाइमा ढिलाइ

जेरुसेलम । इजराइलले चार दिने गाजा युद्धविराम र बन्धकहरूको रिहाइ...