back

समाजको डरका कारण रोग लुकाउन बाध्य हुन्छन् महिलाहरु

वि.सं.२०७५ चैत ३० शनिवार

33 

shares

कृष्ण न्यौपाने ३० चैत, तनहुँ । तनहुँको भानु नगरपालिका–८ वसन्तपुरकी रामकुमारी थापा ७० वर्ष पुगिन् । बीस वर्षदेखि पाठेघर खस्ने समस्याबाट पीडित भएकी उनले समस्याका बारेमा घरपरिवारलाई समेत कहिल्यै बताउनु भएन । सामाजिक विभेद्को डरले पीडा सहेर रोग लुकाउन बाध्य भएको बताउँछिन् ।

भानु नगरपालिका–८ नं वडा कार्यालयले बिहीबार र शुक्रबार आयोजना गरेको स्वास्थ्य शिविरमा परीक्षणका लागि आएकी उनले भनिन् “सामाजिक विभेद्को डरले पीडा सहेर रोग लुकाउन बाध्य भएँ । अब त कति सहनु भनेर जचाउन आएको हुँ ।”

वसन्तपुरकै कृष्णा जिसीलाई पनि १० वर्षदेखि पाठेघर खस्ने समस्या छ । डर र लाजकै कारण अहिलेसम्म उपचार नगराउनु भएको उनले स्वास्थ्य शिविरमा महिला डाक्टरसँग आफ्नो समस्या खुलेर राखिन् । परीक्षणका लागि आएएकी भगवती लौडारी पाँच वर्ष अघिदेखि पाठेघर खस्ने समस्याबाट पीडित छन् । उपचार गराउने चाहना भए पनि समस्याको बारेमा अरुलाई बताउने साहस नआएपछि रोग लुकाएरै बसेको उनले बताइन् ।

स्वास्थ्य शिविरमा परीक्षणका लागि आएकामध्ये ६० वर्ष उमेर काटेका महिलामा पाठेघर खस्ने समस्या देखिएको छ । शिविरमा सेवा प्रदान गरेकी डा अनुपमा मगरले पाठेघर समस्या देखा परेका अधिकांश महिलामध्ये नौ जनाको समस्या गम्भीर अवस्थामा रहेको जानकारी दिइन् ।

उनका अनुसार उमेर, शारीरिक अवस्था, जाँच तथा उपचारका लागि ढिलाइ गरिएको कारण उनीहरुको शल्यक्रिया समेत गर्न नसकिने अवस्था छ । तनहुँ जिल्लामा विशेषगरी ६० वर्ष उमेर पुगेका महिलामा पाठेघर खस्ने समस्या दिन प्रतिदिन बढ्दो अवस्थामा देखिएको छ । आफूभित्रको यस्तो समस्या बाहिर ल्याए परिवार र समाजबाट समेत हेला हुने डरले अधिकांश महिलाले रोग लुकाउने गरेको डा मगर बताउछीन् ।

विशेषगरी उमेर नपुग्दै बच्चा जन्माएका, गर्भवती भएको बेलामा गरुङ्गो भारी बोकेका र सुरक्षित सुत्केरी नगराएका महिलामा यस्तो समस्याको सम्भावना बढी देखिएको चिकित्सक बताउँछन् । शिविरमा सामान्य समस्यामा भेटिएका केहीलाई भने सामान्य उपचारसहित रिङ राखेर पठाइएको थियो ।

नियमित स्वास्थ्य सेवाको पहुँचसम्म नपुगेका ग्रामीण भेगका महिलालाई सहज तरिकाले स्वास्थ्य सेवा उपलब्ध गराउन बृहत स्वास्थ्य शिविर आयोजना गरिएको भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले बताए ।

शिविर ठूलो रोग तथा समस्याको उपचार भन्दा पनि समस्या पहिचानको निम्ति लाभदायक भएको उनको भनाइ छ । उनले भने, “दुरदराजमा गरिने शिविरबाट ठूलो उपचारको अपेक्षा गरेका छैनौँ । नागरिकमा लुकेर रहेका ठूलो समस्या पहिचान हुने विश्वास गरेका थियाँै ।”

दुई दशक अघिदेखि लुकेका समस्या शिविरमा देखिएकाले ग्रामीण भेगमा स्वास्थ्य सचेतनाको आवश्यकता महशुस भएको उनको भनाइ छ । ‘दयाका हात’ नामक गैरसरकारी संस्थाको प्राविधिक सहयोगमा भएको सो स्वास्थ्य शिविरमा एक हजार पाँच सयभन्दा बढीले स्वास्थ्य सेवा लिएका छन् ।

शिविरमा मुटुरोग, हाडजोर्नी, स्त्री रोग, आँखासम्बन्धी समस्या तथा बालरोगको परीक्षण समेत गरिएको आयोजकले जनाएको छ । स्वास्थ्य शिविरबाट धेरैजनाले प्रत्यक्ष लाभ प्राप्त गरेकाले आगामी दिनमा पनि यस किसिमको कार्यक्रम सञ्चालन गरिने प्रमुख गौलीले बताए ।

वि.सं.२०७५ चैत ३० शनिवार १५:२७ मा प्रकाशित

केयूले ल्याएको हाइड्रोजन कार

केयूले ल्याएको हाइड्रोजन कार

काठमाडौँ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) परिसरमा कोरियाबाट भर्खरै ल्याइएको...

गुणस्तरीय सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्छ : मन्त्री शर्मा

गुणस्तरीय सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्छ : मन्त्री शर्मा

दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनताको सबैभन्दा...

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन्-अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन्-अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन

चितवन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुनलाई हातमा लिने...

हिमालय एयरलाइन्सको काठमाडौँ-साङ्घाई उडान सुरु

हिमालय एयरलाइन्सको काठमाडौँ-साङ्घाई उडान सुरु

काठमाडौँ । हिमालय एयरलाइन्सले चीनको साङ्घाई सहरमा सिधा उडान सुरु...

बसको ठक्करबाट दुई जनाको मृत्यु

बसको ठक्करबाट दुई जनाको मृत्यु

लुम्बिनी । रूपन्देहीको लुम्बिनीमा स्कुल बसको ठक्करबाट दुई जनाको ज्यान...

भरतपुर अस्पतालमा थपियो भेन्टिलेटरसहितको अत्याधुनिक आइसियु शैथ्या

भरतपुर अस्पतालमा थपियो भेन्टिलेटरसहितको अत्याधुनिक आइसियु शैथ्या

चितवन । भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा श्यया थप...