back
CTIZAN AD

चालक र सहचालकलाई निःशुल्क स्वास्थ्य जाँच

वि.सं.२०७६ वैशाख ३ मंगलवार

687 

shares

३ वैशाख, काठमाडौ ।  गोङ्गबुस्थित नयाँ बसपार्कमा चालक तथा सहचालकलाई निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको आयोजना तथा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र नेपाल प्रहरी अस्पतालको सहकार्यमा आज चालक तथा सहचालकलाई निःशुल्क स्वास्थ्य शिविर तथा आँखा परीक्षण गरिएको हो ।

उपत्यकालगायत देशका विभिन्न भागमा चालकको लापरबाहीबाट दुर्घटना बढ्न थालेपछि महानगरीय प्रहरी वृत्त महाराजगञ्जले ट्राफिक सप्ताह कार्यक्रमअन्तर्गत नेपालको राष्ट्रिय बसपार्क नयाँ बसपार्कमा निःशुल्क स्वास्थ्य शिविर तथा आँखा परीक्षण कार्यक्रम आयोजना गरेको हो ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले लामो दूरीका सवारी साधनका चालकलाई तन्दुरुस्त राख्न तथा दुर्घटना न्यूनीकरणका लागि उक्त कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका डा अजयसिंह थापाले स्वास्थ्य नै ठूलो धन भएकाले हरेक चालक तथा सहचालकलाई तन्दुरुस्त राख्नका लागि ग्राण्डी अस्पतालले नेपाल प्रहरीसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको जानकारी दिए ।

मुलुकभर हुने दुर्घटना न्यूनीकरणका लागि ग्राण्डी अस्पतालले आगामी दिनमा पनि सहकार्य गर्ने डा थापाको भनाइ छ । स्वास्थ्य शिविरमा ३०० भन्दा बढी चालक तथा सहचालकले आँखा तथा शरीरको स्वास्थ्य जाँच गराएका छन् ।

यसैबीच, महानगरीय प्रहरी वृत्त महाराजगञ्जको आयोजनामा सोमबार नयाँ बसपार्कमा चालक तथा सहचालकलाई प्रशिक्षण दिइएको छ । चालकको लापरबाहीबाट धेरै दुर्घटना हुन थालेपछि सोमबार २०० भन्दा बढी चालक तथा सहचालकलाई प्रशिक्षण दिइएको बसपार्क सञ्चालक ल्होत्से बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक पङ्कज मल्लले जानकारी दिएका छन् ।

वि.सं.२०७६ वैशाख ३ मंगलवार १३:१० मा प्रकाशित

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...