back
CTIZAN AD

वसुन्धराश्री तथा मानश्री पुरस्कार मह जोडीलाई

वि.सं.२०७६ वैशाख ७ शनिवार

663 

shares

वरिष्ठ कलाकारहरुद्वय मह जोडीलाई वसुन्धराश्री तथा मानश्री पुरस्कार दिने वसुन्धरा—मान प्रज्ञाप्रतिष्ठानले निर्णय गरेको छ ।

वसुन्धरा—मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा २०७६ साल वैशाख ६ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । उक्त पुरस्कार साथै जनही ५० हजार रुपैया समेत नगद दिइने घोषणा गरेको छ ।

विशेष बैंठकले नेपाली हास्यव्यङ्ग्य, नाटक, चलचित्र र टेलिचलचित्रहरुको सिर्जना तथा अभिनयद्वारा नेपाली कला, रङ्गमञ्च र हास्यव्यङ्ग्य क्षेत्रलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गरे वापत सुप्रसिद्ध कलाकार तथा हास्यव्यङ्ग्यकार मदनकृष्ण श्रेष्ठलाई वि.सं.२०७६ सालको वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारको साथमा नगद ५० हजार रुपिंयासहित सम्मानपत्र अर्पण हुनेछ भनि प्रेस विज्ञप्तिमा जानकारी गराएको छ ।

यसै गरि नेपाली कला र रङ्गमञ्चका क्षेत्रमा आफ्नो अलग्ग र विशिष्ट स्थान, पहिचान र वैशिष्ट्य कायम गर्नु हुने सुविख्यात कलाकार तथा हास्यव्यङ्ग्यकार हरिवंश आचार्यलाई वि.सं. २०७६ सालको मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारको साथमा नगद ५० हजार रुपियासहित सम्मानपत्र अर्पण हुने छ भनि बिज्ञप्तिमा जनाएको छ ।

प्रेस-विज्ञप्तिमा भनिएको छ,
‘वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा। दुबसु क्षेत्रीको अध्यक्षतामा आज वि.सं २०७६ साल वैशाख ६ गते बसेको विशेष बैंठकले नेपाली हास्यव्यङ्ग्य, नाटक, चलचित्र र टेलिचलचित्रहरुको सिर्जना तथा अभिनयद्वारा नेपाली कला, रङ्गमञ्च र हास्यव्यङ्ग्य क्षेत्रलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गरी विश्व समुदायमा नेपाली भाषा, कला र रङ्गमञ्चको स्थान र पहिचान उच्च र अक्षुण राख्न विशिष्ट योगदान गर्नुहुने सुप्रसिद्ध कलाकार तथा हास्यव्यङ्ग्यकार श्री मदनकृष्ण श्रेष्ठलाई वि.सं.२०७६ सालको वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारको साथमा नगद ५० हजार रुपिंयासहित सम्मानपत्र अर्पण हुनेछ ।

त्यसैगरी प्रज्ञाप्रतिष्ठानको उक्त विशेष बैठकले नेपाली हास्यव्यङ्ग्य, नाटक, चलचित्र र टेलिचलचित्रहरुको सिर्जना तथा अभिनयद्वारा नेपाली कला, रङ्गमञ्च र हास्यव्यङ्ग्य क्षेत्रलाई अझ स्तरीय, शालीन र समृद्ध बनाई नेपाली वाङ्मयको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरी नेपाली कला र रङ्गमञ्चका क्षेत्रमा आफ्नो अलग्ग र विशिष्ट स्थान, पहिचान र वैशिष्ट्य कायम गर्नुहुने सुविख्यात कलाकार तथा हास्यव्यङ्ग्यकार श्री हरिवंश आचार्यलाई वि.सं. २०७६ सालको मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारको साथमा नगद ५० हजार रुपियासहित सम्मानपत्र अर्पण हुने छ ।

वि.सं.२००७ साल वैशाख ७ गते काठमाण्डौको जीतपुरफेदीमा जन्मनु भएका विशिष्ट कलाकार श्री मदनकृष्ण श्रेष्ठ एवं वि.सं. २०१४ साल कार्तिक २७ गते काठमाण्डौको टंगालमा जन्मनु भएका विशिष्ट कलाकार श्री हरिवंश आचार्यले संयुक्तरुपमा यमलोक, प्यारालाइसिस, अंशवण्डा, कक–फाइट, रद्धीको टोकरी, रङ नम्वर, प्रश्नोत्तर, शपथग्रहण, ऐना, विज्ञापन, लण्डन एयरपोर्ट, वडा नं. ३४, श्राद्ध, पिकनिक, अभिभावक, सङ्गीत, रिमोट कन्ट्रोल, नेपालबन्द, काउकुती, नाता, २०५, बोसे आन्द्रे भुँडीको, होस्टेहैँसे, सालिक, महदोहोरी र राष्ट्रिय गाउँखाने प्रतियोगिताजस्ता कालजयी हास्यव्यङ्ग्य सिर्जना गरी जीवन्त रङ्गमञ्चीय प्रस्तुति दिनु भएको छ ।

सुप्रसिद्ध कलाकार श्री मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले वासुदेव, के घर के डेरा, लोभीपापी, ट्रक ड्राइभर, शत्रु गते र दालभात तरकारीजस्ता सफल नेपाली चलचित्रहरुमा अविस्मरणीय अभिनय एवं फिप्टीफिप्टी, सन्तति, भकुण्डे भूत, दशैं, पन्ध्र गते, चिरन्जीवी, रात, वनपाले, सुर–बेसुर, कान्तिपुर, राजमार्ग, पानी, कालाजार, असली लोग्ने, लक्ष्मी, लालपूर्जा, सृष्टि, जलपरी, भाइरस, टिकेको तीन मन्त्र र महचौतारीजस्ता लोकप्रिय नेपाली टेलिचलचित्रहरुको लेखन, अभिनय र निर्माण गर्नुभएको छ । स्रष्टाद्वय श्री श्रेष्ठ र श्री आचार्यले संयुक्त रुपमा ुमहसञ्चारु नामक कला र रङ्गमञ्चसम्वद्ध संस्थाको स्थापना र सञ्चालनका साथै हास्यव्यङ्ग्यकृति ुमहसनु को लेखन समेत गर्नु भएको छ ।

यसअघि वसुन्धराश्री पुरस्कारद्वारा कविवर श्री माधवप्रसाद घिमिरे–वि.सं.२०५७, वरिष्ठ उपन्यासकार श्री दौलतविक्रम विष्ट–वि.सं. २०५८, वरिष्ठ कथाकार तथा नाटककार श्री गोविन्दबहादुर मल्ल ‘गोठाले’ वि.सं. २०५९, वरिष्ठ समालोचक श्री यदुनाथ खनाल वि.सं. २०६०, वरिष्ठ आख्यानकार श्री मदनमणि दीक्षित वि.सं २०६१, वरिष्ठ उपन्यासकार श्री डायमनशमशेर राणा वि.सं. २०६२,वरिष्ठ साहित्यकार श्री इन्द्रबहादुर राई वि.सं. २०६३, वरिष्ठ कवि श्री मोहन कोइराला वि.सं. २०६४, वरिष्ठ संस्कृतिविद् श्री सत्यमोहन जोशी–वि.सं. २०६५, वरिष्ठ समालोचक श्री कृष्णचन्द्रसिंह प्रधान –वि.सं.२०६६, वरिष्ठ कवि श्री वैरागी काइँला –वि.सं. २०६७, वरिष्ठ कवि श्री धर्मराज थापा–वि.सं. २०६८, वरिष्ठ समालोचक प्रा.डा. वासुदेव त्रिपाठी–वि.सं. २०६९, वरिष्ठ चित्रकार श्री शशी शाह–वि.सं. २०७०, वरिष्ठ कलाकार श्री हरिप्रसाद रिमाल –वि.सं. २०७१, वरिष्ठ संगीतकार श्री अम्वर गुरुङ्ग –वि.सं. २०७२, वरिष्ठ आख्यानकार श्री लीलबहादुर क्षेत्री–वि.सं. २०७३, वरिष्ठ समालोचक प्रा. डा. तारानाथ शर्मा–वि.सं. २०७४ र वरिष्ठ गायक श्री प्रेमध्वज प्रधान–वि.सं. २०७५ लाई प्रदान गरेको छ ।

त्यसैगरी प्रज्ञाप्रतिष्ठानले यसअघि मानश्री पुरस्कारद्वारा कवि तथा गीतकार श्री दिनेश अधिकारी–वि.सं. २०५७, साहित्यकार श्री विनय रावल–वि.सं २०५८, नाटककार श्री अशेष मल्ल–वि.सं २०५९, गजलकार श्री ज्ञानुवाकर पौडेल–वि.सं. २०६०, साहित्यकार श्री मञ्जुल–वि.सं. २०६१, कथाकार श्री मधुवन पौडेल –वि.सं २०६२, कवि श्री विष्णुविभु घिमिरे –वि.सं. २०६३, कवि श्री कृष्णभूषण बल –वि.सं. २०६४, कथाकार श्री भुवन ढुंगाना–वि.सं. २०६५, कथाकार श्री सनत रेग्मी–वि.सं. २०६६, कवि श्री विजय बजिमय वि.सं. २०६७, समालोचक डा. रामदयाल राकेश–वि.सं. २०६८, कथाकार डा. वेञ्जु शर्मा–वि.सं. २०६९, चित्रकार श्री किरण मानन्धर–वि.सं. २०७०, कलाकार श्री नीर शाह–वि.सं २०७१, गायक श्री दीप श्रेष्ठ –वि.सं. २०७२, साहित्यकार श्री दुर्गाप्रसाद श्रेष्ठ–वि.सं. २०७३, साहित्यकार तथा सञ्चारकर्मी श्री खगेन्द्र नेपाली–वि.सं २०७४ र गायक श्री भक्तराज आचार्य–वि.सं. २०७५ लाई प्रदान गरेको छ ।

‘कृसु क्षेत्री ,सदस्य–सचिव

वि.सं.२०७६ वैशाख ७ शनिवार १४:३७ मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...